आजको राशिफल: ०८१ असार २७ गते विहीबार
मेष:रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
वृष: रोकिएको अध्ययन पूरा हुनेछ। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा साँझतिर काम बनाउन सफल भइनेछ। अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ।
मिथुन: साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। भूमि तथा पशुधनबाट थोरै लाभ मिल्नेछ।दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदै हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउनेछ तर अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
कर्कट: गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।
सिंह: भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। प्रयत्नले नयाँ कामको जग बसाउन अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। पहिलेको सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
कन्या: आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने साइत जुर्न सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। खर्च गरीकन सोचेको प्रगति नहुन सक्छ। फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
तुला: व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्चनुपर्ला। साँझतिर अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। आँटेको काम रोकिन सक्छ। सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ।
वृश्चिक: साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि र व्यापारमा फाइदा हुनेछ।नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। काममा श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। वचन हार्न नसक्दा दुःख पाइनेछ। तापनि चिताएको काम बिस्तारै सम्पादन हुनेछ।
धनु: प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। साँझतिर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला।अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।
मकर: सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। व्यस्तता बढ्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
कुम्भ: प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ।
मीन: बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ। आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...