श्री एयरलाइन्सले फड्को मार्दै, भारतको तीन सहरमा उडानकाे प्रस्ताव
काठमाडौं ।श्री एयरलाइन्सले भारतको ३ सहरमा उडानको प्रस्ताव गरेको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ३ भारतीय गन्तव्यमा उडानको लागि प्रस्ताव गरेको हो।पछिल्लो समय धमाधम जहाज थपेर आन्तरिक उडानमा आक्रामक रुपमा प्रस्तुत भएको श्री एयरलाइन्सले भारतका ३ वटा सहरमा एकै पटक उडानको प्रस्ताव गरेको छ।
चाडपर्व सुरु हुनुअगावै नियमित उडान गर्ने कम्पनीको प्रस्तावमा मन्त्रालयले विभिन्न कारण देखाउँदै आएको छ। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले मन्त्रालयले उडानको अनुमति दिए असोजबाट उडान गर्ने तयारी रहेको सुनाए। ‘मन्त्रालयसँग छलफल तथा समन्वयकै क्रममा छौँ’, मानन्धरले भने, ‘तत्काल उडान अनुमति दिए असोजबाटै नियमित उडान गर्ने हाम्रो योजना छ।’
कलकत्ता, अहमदावाद र जयपुरमा उडानको लागि मन्त्रालयमा प्रस्ताव पुगेको छ। मन्त्रालयले भारतमा उडान अनुमतिको लागि ४५ दिने सूचना निकाल्नुपर्ने बताउँदै श्री एयरलाइन्सको प्रस्ताव स्वीकृत गरेको छैन। ‘हामीले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाइसकेका छौँ’, मानन्धरले भने, ‘नेपालबाट एयर एम्बुलेन्सको रुपमा श्री एयरलाइन्सले भारतमा धेरैपटक उडान भरिसकेको छ। त्यसैलाई नियमित गर्छौँ भन्दा मन्त्रालयले धेरै प्रक्रियागत कुरा देखाएको छ।’
पछिल्लो समय श्री एयरलाइन्सले राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट भारतमा उपचारको लागि उडान गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले उडान अनुमतिसम्बन्धी कार्यविधिले ४५ दिने सूचना निकाल्नुपर्ने व्यवस्था भएको हुँदा प्रक्रियागत रुपमा जानुपर्ने बाध्यता रहेको बताइन्।
‘हाम्रो कार्यविधिले ४५ दिने सूचना निकालेर उडान अनुमति दिनु भन्ने व्यवस्था गरेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडान गरिरहेकाले अनुमति दिइहाल्नुपर्ने बताएको छ’, घिमिरेले भनिन्, ‘कसरी अनुमति दिन सकिन्छ भन्ने छलफलमै छौँ।’श्री एयरलाइन्सले गत चैतयता मात्रै ३ वटा ८० सिटे क्यू ४०० जहाज नेपालमा भित्र्याएको छ। ठूला जहाज उड्ने नेपालका सबै विमानस्थलमा उडान गर्दै भारतमा उडान विस्तार गर्ने कमपनीको लक्ष्य छ।
‘४५ दिनको सूचना निकाली आवेदन मागेर जाँदा सबै प्रक्रिया पूरा गर्दा असोजमा उडान गर्न सकिँदैन’, उनले भने, ‘असोजमा उडान गर्न नसके नियमित गर्न सक्दैनौँ।’ श्री एयरलाइन्सले ११ वटा जहाज पुर्याएको छ। बुद्ध एयरले मात्रै उडान गर्दै आएका भरतपुर, सुर्खेत र धनगढीमा उडान थपेर प्रतिस्पर्धी बनाइरहेको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












