प्रधानमन्त्री प्रचण्डले नयाँ सत्तासाझेदारलाई दिए चेतावनी,भने- संविधान संशोधनमा खेलाँची नगर्नुहोला
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको भन्दै खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन्। उनले राष्ट्रियसभामा माओवादी पहिलो दल रहेको स्मरण समेत गराए ।
प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाए ।‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’उनले चेतावनीको भाषामा भनेका छन्,‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’
स्थिरताको नाममा समावेशी,समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको षड्यन्त्रको गन्ध आएको उनले बताए । उनले भने, ‘तपाईंहरुको इच्छा ०४७ सालकै वरिपरि फर्किने होला भन्ने लाग्छ मलाई।’
कांग्रेस र एमालेले केही पश्चिमा देशको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउन खोजेको ‘ओपन सेक्रेट’ जस्तै रहेको भन्दै उनले साना दलहरुले किन समर्थन गरेको बुझ्न नसकेको बताए ।
उनले संविधान संशोधन गर्ने भए आफूहरु तयार रहेको भन्दै केही प्रस्ताव समेत अघि सारेका छन् । ‘संविधान संशोधन गर्ने हो भने आउनुस्, खुला छलफल गरौं,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं, दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं मेरो प्रस्ताव छ ।’
दलित समुदायको जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादीको प्रस्ताव भएको उनले बताए । संविधान संशोधन नै गर्ने भए मेरो अर्को प्रस्ताव छ भन्दै उनले भने, ‘आधा आकास भाषणमा मात्र सीमित नगरौं । प्रतिनिधित्व नै सुनिश्चित गरौं । हामी पुरुषहरुले के लाछारेका छौं र अहिलेसम्म महिलालाई अविश्वास गर्न रु राज्यका हरेक अंगमा महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गरौं ।’
तर उत्पीडित जाती, वर्ग र समुदायलाई प्रतिनिधित्वविहीन बनाउने षड्यन्त्र किमार्थ सफल नहुने उनले बताए। उनले चेतवनी पनि दिए,‘सहमति नाघेर,छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नुहोला ।’
Comments
अरु समाचार
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...












