प्रतिपक्षमा बस्न योग्य प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ति गरिएछः कांग्रेस नेता लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिका रूपमा व्याख्या गर्दै लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका हुन् ।
‘एउटा अलिकता गल्ती भएछ कि ठिक मानिसलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर गर्यौँ ?,’ लेखकले भने, ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । लोकतन्त्र कमजोर हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’
दुई ठूला दलहरू मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रधानमन्त्रीको आशंका मेटाउँदै प्रमुख सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्री भएकै समयमा प्रतिपक्षी दलको नेताका रूपमा देखिसकेकाले प्रतिपक्ष कमजोर हुनेजस्तो आफूलाई नलागेको बताए ।
‘खाली मैले एउटा कुरामा थोरै राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई वटा ठूला राजनीतिक दलहरू मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला प्रतिपक्ष थोरै कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो,’ उनले भने, ‘मेरो आदरणीय नेता सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन मैले पत्रपत्रिका मार्फत विज्ञहरू विशेषज्ञहरू राजनीतिक शास्त्रका ज्ञाताहरूको पनि यो कुरा म सुनिराखेको छु । तर आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रूपमा यो रोस्टममा उभिँदा मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा देखिसक्या हुनाले अब प्रतिपक्ष कमजोर हुन्छ जस्तो लाग्दैन मलाई ।’
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












