दलित, महिला र मधेसको नाममा फेरि राजनीति गर्ने योजना सफल हुँदैनः एमाले नेता भट्टराई
काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले अब दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतका विषयमा पार्टीको तर्फबाट धारण राख्दै भट्टराईले यस्तो बताएका हुन् । उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने जिकिर गर्दै अब अस्थिरताका कारकहरु निस्तेज हुने समेत बताए।
भट्टराईले सम्बोधनका क्रममा भने,‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराख्या छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने समीक्षा गर्ने भनेका छौं। प्रधानमन्त्रीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु यो संसद्मार्फत सम्पूर्ण नेपालीलाई हामी विश्वस्त गर्न चाहन्छौं संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो । पश्चगमनको लागि होइन, पछाडि फर्किनका लागि होइन,उनले भने, दलित, महिला, मधेसको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन, त्यो सफल हुने छैन।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोगमै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेस मिलेको भट्टराईको भनाइ थियो ।‘प्रचण्डको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्नुहुन्छ ? विद्रोह हुन्छ ? अब सम्भव छैन त्यो बाटो छैन, तपाईं पनि यै हलभित्रै हो ।’
भट्टराईले प्रधानमन्त्री दाहाललाई सरकारबाट बाहिरिने क्रममा विभिन्न समुदायको याद आएको बताए । जाति, भाषा,धर्म, संस्कृति, मधेस, दलित, महिला आज झल्झली प्रधानमन्त्रीलाई याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंको लागि हतियार बोकेका तमाम दलित युवा कहाँ छन्, खोज्नभो ? आज कसरी याद आयो एकाएक?’ उनले भने ।
बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने समेत बताए । स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे। उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












