एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबार ९असार २८०को बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ।
प्रधानमन्त्रीले विश्वासको मत गुमाए लगत्तै शुक्रबार साँझा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरिसकेका छन्।
असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। ओली बाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले आज नै ओली प्रधानमन्त्री नियुक्त हुने नेताहरुको दाबी छ।
राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन्। चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरे लगत्तै शपथ हुने नेताहरूले बताएका छन्।एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी छ। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्।
एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्। कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने निर्णय गरिसकेको छ। कांग्रेस सभापति देउवा नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तयारीमा छन्। एमालेबाट अन्य मन्त्रीको टुंगो नलागे पनि अध्यक्ष ओलीले विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्।
सरकारमा एमालेले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले गृहमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति कांग्रेस र एमालेले गरेका छन्। २१ मन्त्रालयमध्ये अन्य केही मन्त्रालय साना दललाई दिने सहमति एमाले र कांग्रेसले गरेका छन्। मन्त्रीको टुंगो भने दुवै दलले लगाइसकेका छैनन्। बालकोट र बुढानिलकण्ठमा मन्त्रि छनोटका लागि छलफल र वार्ता जारी छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












