अर्थतन्त्रलाई प्रभावकारी परिचालन गर्ने नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सिर्जना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाए ।
नेपालले सामना गरेको सबैभन्दा ठूलो समस्या भनेको अस्थिरताको भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले वर्तमान संयुक्त सरकारको निर्माणसँगै मुलुक स्थिरतातर्फ अघि बढ्ने सन्देश प्रवाह भएको नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले सरकारको सोंच कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नहुने बताउनुहुँदै कार्यान्वयनका क्रममा बाधा आएको खण्डमा त्यसलाई कानूनी प्रबन्ध अनुसार मिलाउँदै लैजाने बताए । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्याहरू सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने समेत बताए।
शेयर बजार अर्थतन्त्रको ऐना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यसलाई सन्तुलित ढंगले अघि बढ्ने अनुकूल वातावरण बनोस् भन्ने सरकारको सोंच रहेको उल्लेख गरे।अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











