अर्थतन्त्रलाई प्रभावकारी परिचालन गर्ने नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सिर्जना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाए ।
नेपालले सामना गरेको सबैभन्दा ठूलो समस्या भनेको अस्थिरताको भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले वर्तमान संयुक्त सरकारको निर्माणसँगै मुलुक स्थिरतातर्फ अघि बढ्ने सन्देश प्रवाह भएको नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले सरकारको सोंच कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नहुने बताउनुहुँदै कार्यान्वयनका क्रममा बाधा आएको खण्डमा त्यसलाई कानूनी प्रबन्ध अनुसार मिलाउँदै लैजाने बताए । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्याहरू सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने समेत बताए।
शेयर बजार अर्थतन्त्रको ऐना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यसलाई सन्तुलित ढंगले अघि बढ्ने अनुकूल वातावरण बनोस् भन्ने सरकारको सोंच रहेको उल्लेख गरे।अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












