‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन
ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन । मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गार्हो छ वा लगभग उनीहरुको पराजय पक्का छ । नियोजित योजनाअनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो । मूलतः यो अमेरिकामा भएको एक ‘कु’ प्रयास थियो।
युक्रेनी GUR का प्रमुख बुडानोभले खुलेआम स्वीकार गरे कि युक्रेनीहरूले पटकपटक पुटिनमाथि आतंकवादी हमला गर्ने प्रयास गरेका छन् । स्लोभाकियामा प्रधानमन्त्री रोबर्ट फिको जसले किभमा नाजी जुन्टाको समर्थनको विरोध गर्छन् । उनलाई हटाउने प्रयास गरिएको थियो र संभव नहुँदा उनिमाथि गोलि चलाइयो। अहिले डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ । उनीहरु दुबै जेलेन्स्की र उनको शासनको कडा आलोचक हुन् । यी घटनाहरु पश्चिमा हेजेमोनि र एकध्रुवीय विश्वव्यवस्थाका वास्तविक रुप हुन् । जो कोही वैश्विकतावादको विरोध गर्छ र जसले यसको बाटोमा अवरोध पैदा गर्ने कोशिस गर्छ। पहिले उसलाई राक्षसीकरण (रद्द संस्कृतिको उपकरण मार्फत) गरेर बदनाम गरिन्छ। त्यसपछि शारीरिक र मानसिक रूपमा आक्रमण गरेर समाप्त गरिन्छ। वैश्विकतावादीलाई सेवा गर्ने
हत्यारा, आतंककारी, अपराधी र नरसंहारका स्रष्टाहरूलाई’स्वतन्त्रता सेनानीहरू’ र’ निर्दोष पीडितहरू’ को भूमिकामा प्रस्तुत गर्ने गरिन्छ वा गरिएको छ। यो घटनालाई किभ प्रचारकले निश्चित रूपमा यो दाबी गर्नेछन कि ‘ट्रम्पले आफैंले कानमा गोली हाने’ साथै वैश्विकतावादी मिडियाले पनि यस प्रकार भ्रम छर्न प्रयास गर्नेछन् जहाँ सबै कुरा निन्दात्मक र कपोलोकल्पित झूट रचनाद्वारा तयार गरिएको छ।
अमेरिकाको राष्ट्रपति दौडका नेता ट्रम्पको हत्या प्रयासको मुल जिम्मेवार ओबामा, ब्लिन्केन, हिलारी क्लिन्टनर पहिले नै चेतावनी दिएका सेनेल बाइडेनको गुटमा पर्छ। ‘स्वतन्त्रता’ लोकतन्त्रभन्दा माथि छ भनेर जसको अर्थ लोकतन्त्र र यसको कानुनहरू अहिलेदेखि निलम्बित गरिएको छ । ‘स्वतन्त्रता’ को नाममा (शासन गर्न र शासन जारी राख्न) कसैलाई मार्न सकिन्छ । उदारवाद अन्ततःयी सबै विशेषतासहित अधिनायकवादी हुँदैछ । जसमा अवान्छित राजनीतिज्ञहरूको सीधा हत्या गर्ने कुरा पनि समावेश गरिएको छ।
संसारको शक्ति संरचना पश्चिमी एक ध्रुवीयताबाट बहुध्रुवीयतामा मौलिक परिवर्तन हुँदैछ। ट्रम्पले अमेरिकालाई बहुध्रुवीय विश्व अन्तर्गत एक ध्रुव (अत्यन्त बलियो र शक्तिशाली भएता पनि) हुनसक्ने अवस्थालाई स्वीकार वा त्यसको प्रतिनिधित्व गर्छन् । तर वैश्विकतावादिहरुलाई अमेरिकाको बारेमा त्यति धेरै वास्ता छैन जति अरू कसैको गर्छन् । उनीहरूलाई चाहिने कुरा वैश्यीक शक्ति हो, सुपर नैशनल कैपिटलमा पुर्णरूपमा नियन्त्रण हो। साथै अमेरिका र युरोपलगायत सबै देशहरू विश्व सरकारको निर्माणमा मात्र उपकरण हुन् ।
ट्रम्प अमेरिकाका लागि हुन् र उनी वैश्वीक सरकारको विरोधमा छन् । जस्तै पुटिन रसियाका लागि, सी जिनपिङ चीनका लागि, मोदी भारतका लागि र ओर्बान, फिको, मरीन ले पेन र AFD (जर्मनीको लागि विकल्प) युरोपका लागि छन् । बहुध्रुवीय विश्व सार्वभौम अवस्थाहरूको एक प्रणाली हो जबकि वैश्विकतावादीहरू एक मात्र वैश्विक शक्ति चाहन्छन् जुन उनीहरूको हातमा वार्सा सन्धी संगठनको पतन र सोभियत संघको अन्त्यसँगै आएको थियो । जुन अहिले उनीहरूबाट फिसल्दै छ र जसको कारण उनीहरूले आत्तिएर पागलपनमा चिच्याउँदैछन्। वैश्वीकतावादिहरूले अन्ततः सीधा रूपमा आतंकवादी रणनीतिहरूमा फर्किएका छन् । यो एक तथ्य हो र केवल संयोगहरूको शृंखला मात्र होइन। त्यसैले अब वैश्वीक नेटवर्कमाथि फर्किएर हमला गर्ने समय आएको छ।
टकर कार्लसनले मस्कोमा मलाई भनेका थिए कि ट्रम्पको वैश्वीकतावादीहरूबाट हत्या हुने डर छ। अन्ततः खाली डर थिएन जो सत्य सावित भयो। जो बाइडेनले आफू बुढ्यौलीमा डुब्न जति बढी समय लगाउने छन, ट्रम्पको हत्याको सम्भावना त्यति नै बढ्छ। तिनीहरूले पहिले नै प्रयास गरेका छन्। केही मानिसहरू मरेका र केही घाइते भएका छन्। भगवानले अमेरिका र सम्पूर्ण मानवतालाई ती उदारवादी अपराधी र वैश्विकतावादीहरूको गिरोहबाट बचाओस्। यदि हामीले अहिले तिनीहरूलाई रोक्दैनौं भने उनीहरूले हामी सबैलाई नष्ट गर्नेछन्।
म विश्वस्त छु कि ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्तिहरू र शक्तिहरू ती नै हुन् जसले हामीलाई,रूसी जनता, रूसी योद्धाहरू, रूसी बच्चाहरू र रूसी महिलाहरूलाई मारिरहेका छन र मार्नेछन् । यो एकीकृत आतंकवादी वैश्विकतावाद र वाम-उदारवादको निरन्तरता हो । यदि यी पाजी (निच अपराधी) हरूले कसैलाई मार्छन् र मार्ने प्रयास गर्दछन भने पीडितहरू सही पक्षमा छन् । कसैले तुरुन्तैतुरुन्तै बदमाश र रुसी उदारवादी आतंकवादी ट्रेपोभा, भ्लाडलेन टाटर्स्कीको हत्याराहरू वीचको शारीरिक र शैलीगत असाधारण समानता देखेका थिए। जसले फिको, ट्रम्पमाथी आक्रमण गरे। उनीहरुले हाम्रा नागरिकलाई मारे । हामीमाथि आक्रमण गरिरहेका छन् (एक व्यक्ति, एक नेटवर्क, यो एक एकल नोड हो । जहाँ युक्रेनी नाजीवाद उदारवाद र सांस्कृतिक मार्क्सवादसँग अविच्छिन्न रूपमा जोडिएको छ- LGBT समुदाय, श्वाब, जुकरबर्ग, हरारी, कुर्जविल र अमेरिकी डीप स्टेटसँग । यो संयोग होइन कि यो पाजी (निच अपराधी) सामाजिक मिडिया युक्रेनी प्रचारहरुले भरिएको छ। यो संसारका हत्याराहरूको एकीकृत मोर्चा हो। यदि यि निच अपराधीहरूले ट्रम्पलाई मार्ने प्रयास गरेका छन भने ट्रम्प सही पक्षमा छन्। र जो कोही यसलाई सापेक्षिक गर्ने प्रयास गर्छन् भने तिनीहरू जानाजानी वा अनजानमा पनि डेमोक्रेट हत्याराहरूको खेलमा सामेल भएका छन् ।
हामीले कुनै पनि देशमा को सही र मित्र छ अनि को खराव र शत्रु हो भन्ने कुरामा ध्यान दिनुपर्छ। हामी उदासीन हुनु हुँदैन। हामी बाइडेनको कामलाई हत्या, अपराध र रगतका खोला बगाउने अपराधीको रूपमा चिन्छौं । यो विवेकशून्य बूढो बास्टर्ड अपराधीले बिनाकारण रुसीमाथी आक्रमण गरिरहेको छ जसको छिटो मृत्यु वा चुनावमा लज्जाजनक असफलता कामना नगरिरहन सक्दैनौं। साथै यसविपरीत ट्रम्पमाथि मात्र सहानुभूति उत्पन्न हुन्छ। उनि कसरी अत्यन्त चम्किलो रूपमा मुठी कसेर उभिए, मृत्युदेखि मिलिमिटर मात्र टाढा।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












