२ वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्यो, कारोबार ९ अर्ब बढी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ । आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो ।
मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो भन्दा अगाडि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक १३५.४२७ विन्दुमा थियो । त्यस यताकै सबैभन्दा उच्च विन्दु आज मंगलबार भएको हो ।
आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ ।
आज २३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज १६ वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । ५ वटा शेयरमा भने ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












