२ वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्यो, कारोबार ९ अर्ब बढी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ । आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो ।
मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो भन्दा अगाडि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक १३५.४२७ विन्दुमा थियो । त्यस यताकै सबैभन्दा उच्च विन्दु आज मंगलबार भएको हो ।
आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ ।
आज २३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज १६ वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । ५ वटा शेयरमा भने ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












