ताजा समाचार

खादा र मालाबाट भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना तथा बधाई दिनेको ओइरो लागेपछि उनले आफूलाई भेटेर प्रत्यक्ष भेटेर शुभकामना दिनुभन्दा पनि डिजिटल माध्यमको प्रयोग गरेर शुभकामना र बधाई दिन आग्रह गरेका हुन्। साथै उनले बधाई दिँदा माला, खादा लगायत प्रयोग नगर्न पनि आग्रह गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा÷माला प्रयोग नगर्न अनुरोध गर्छु।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org