नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।
त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












