अख्तियारको नाम बेच्ने रौतहटका यी नटबरलाल
गौर । एकजना बहुरुपी ठेकेदारका कारण रौतहट जिल्लाको सरकारी कार्यालयका कर्मचारीहरू दिग्भ्रमित हुने गरेका छन् । आफ्नो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग नजिकको सम्बन्ध रहेको भन्दै जिल्लाका सरकारी कर्मचारीहरूलाई थर्काएर ठेक्का फुत्काउने पूर्व वनपाले उनी हुँदै नभएको पावरको भ्रम छर्नमा माहिर छन् ।
कुनै समय सामान्य ठेकेदारको परिचय बनाएका गौर नगरपालिका वडा नं ५ निवासी यी यादवले नियम मिचेर ठेक्का नदिएको रिसमा जिल्ला विकास समितिका तत्कालीन प्रमुख वसन्त भण्डारीको क्वार्टरको भान्छाको टेबलमा पैसा राखेर अख्तियार लगाइ छापा मार्न लगाएका थिए । बसन्त भण्डारीलाई पक्राउ गर्न लगाएसँगै उनको नाम सुन्नेबित्तिकै रौतहटका सरकारी कार्यालयहरू थर्कमान हुने गरेका छन् ।
दाजुभाइसँग सम्पतिकाे निहुँमा झगडा गरिरहने यिनी बेलाबेलामा मात्र गौर आउँछन् । कुनैबेला नेकपा माओवादी निकट उनी प्रभु साहको घनिष्ठ थिए । प्रभुले पनि पछिल्लो समय पत्याउन छाडेपछि माधव नेपाल नजिक भए । माधव नेपालको नजिक भएपछि जापान सरकारको सहयोगमा गौरमा बन्दै गरेको कलाकुञ्ज पुस्तकालयको भवन अलपत्र छाडिदिए । करिब ५ करोडको लागतमा बन्ने भन्दै तत्कालीन जापानीज राजदूत र माधव नेपालले संयुक्त रुपमा शिलान्यास गरेको सो पुस्तकालय र गौरको चारतले भवन निर्माणका लागि यादवले श्रीमती रिना रायलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए । गौर नगरपालिकाको मेयर शम्भु शाहले खासै वास्ता नगरेपछि सो भवन अलपत्र छाडेर काठमाडौँतिर बस्न थालेको र नगरपालिकाले आफ्नै लगानीमा बाँकी काम गराउँदै गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
ठेक्का पट्टाको काम आफूले भनेअनुसार नभए अख्तियार ल्याएर दुःख दिने गरेका यादवले केही समय गौरमा हेल्पलाइन नेपाल नामक गैरसरकारी संस्थामार्फत समेत बजेट ल्याएर घोटला गरेका थिए । नेकपा माओवादी, प्रभु साह, माधव नेपाल हुँदै यादव यतिबेला केपी ओली सत्तामा फर्कनासाथ नेकपा एमालेका नेताहरुको दैलो धाउन थालेको स्थानीयको भनाइ छ ।
भारतको बिहार राज्यमा पछिल्लो ससुराली भएका यादवले आफ्नै जेठी श्रीमतीको हत्या गरेको हुनसक्ने नजिकका आफन्तहरूको भनाइ छ । उनले श्रीमतीको काकाको छोरीसँग प्रेम गरेकाे र श्रीमतीलाई भने बिहारमा लगेर पाठेघर फालेका उनी निकटले सञ्चारमाध्यमलाइ जानकारी दिएका छन् । त्यसपछि ‘अब तँ बाट बच्चा हुँदैन, तेरै बहिनी बिहे गर्छु ‘ भन्दै फकाइ-फुल्याइ गरेर सालीसँग विवाह गरेका थिए । सालीसँग विवाह भएको केही वर्षपछि जेठी श्रीमतीलाई उपचारको नाममा बिहार लगे । तर छरछिमेकीले त्यसको एक वर्षपछि मात्र श्रीमतीकाे उतै सद्गगत गरेको थाहा पाएको पूर्वमेयर अजय गुप्ताका पिएले जानकारी दिएका छन् । अहिले उनी गौर आएको बेला भारतीय दूतावासबाट कसलाई के सहयोग चाहियो भन्दै भ्रम छर्ने गरेको अवस्था छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












