जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी मागे जापानी प्रधानमन्त्री
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जबरजस्ती नसबन्दी गरिएका पीडितहरूसँग माफी मागेका छन्। उनले बुधवार सन् १९४८ देखि १९९६ को बीचमा कायम रहेको यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूको जबरजस्ती नसबन्दी गरिएकोमा पीडितहरूसँग माफी मागेका हुन्। हाल उक्त कानून भने निस्क्रिय रहेको छ।
‘युजेनिक्स कानुन लागु गरेकोमा सरकारले ठुलो जिम्मेवारी बहन गर्नुपर्दछ’, प्रधानमन्त्री किशिदाले भने। ‘म सरकारको प्रतिनिधित्व गर्दै माफी माग्न चाहन्छु’, उनले पीडितहरूको समूहलाई नमन गर्दै भने।
किशिदाले पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्ने नयाँ प्रावधान सुनिश्चित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। देशको सर्वोच्च अदालतले जुलाई ३ मा कानुनलाई असंवैधानिक घोषणा गरेको हो र उक्त कानुनको उजुरीमा २० वर्षको हदम्याद रहेको कारण केही पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले पीडितसमक्ष माफी मागेका हुन्।
खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उदेश्यले मानसिक र शारीरिक अपाङ्गता भएका लगभग १६ हजार ५०० मानिसहरूलाई यूजेनिक्स कानुनअन्तर्गत जबरजस्ती नसबंदी गरिएको स्वीकार गर्दै सन् २०१९ को सरकारले पनि माफी मागेको थियो।
अन्य ८ हजार ५०० मानिसहरूलाई उनीहरूको सहमतिमा नसबन्दी गरिएको थियो। यद्यपि व्यक्तिहरूले सामना गरेको दबाबका कारण उनीहरू नसबंदी गराउन बाध्य भएको वकिलहरूले बताएका छन्। सन् १९५३ मा जारी गरिएको सरकारी सूचनामा शारीरिक बल, एनेस्थेसिया वा झुक्याएर पनि नसबंदी गर्न सकिने जनाइएको थियो। रासस
Comments
अरु समाचार
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्पको कदमलाई सर्वोच्चले लगायो ब्रेक
अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ।शुक्रबार सर्वोच्च अदालतले...
-
सगरमाथा संवाद काठमाडौंमा सुरु
काठमाडौं । । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।...
-
आपतकालीन गेट नखुल्दा बसभित्रै पाँच जनाको यात्रुको जलेर मृत्यु !
काठमाडौं । छिमेकी मुलुक भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी हुँदा पाँच जना यात्रुको जलेर मृत्यु...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...