पूर्वपश्चिम रेलमार्गको लागत बढ्यो, काम भने जहाँको त्यहीँ
काठमाडौं । झन्डै पाँच वर्षअघि ९५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १,५०० अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम जहाँको त्यहीँ जस्तो रहेको जानकारहरूले बताएका छन्।
पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गका लागि बहुवर्षीय योजना बनाएर बर्सेनि अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने बताइन्छ। तर आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले पूर्वपश्चिम रेलमार्ग समेत समेटिने गरी कुल ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ
‘रेल पूर्वाधार बनाउनु भनेको पैसा नै भएको अवस्थामा समेत समय लाग्ने काम हो, तर पैसा नै नभईकन कसरी काम सुरु गर्ने ? रेल विभागका प्रवक्ता कमलकुमार शाहले भने।
‘गत आर्थिक वर्षदेखि बर्दिबास(निजगढ (चोचा) खण्डमै केही काम भइरहेको छ, अरूतिर कतै केही पनि भएको छैन। त्यहाँ लिक बिछ्याउनुअगाडिको ट्र्याक खोल्ने र बेस बनाउने काम भइरहेको छ। केही पुल निर्माणका पनि काम भएको छ।’ बर्दिबास-निजगढ (चोचा) खण्ड करिब ७० किलोमिटर लामो छ।
रेल विभागमा समेत काम गरिसकेका विज्ञ प्रकाश उपाध्यायले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि साँच्चैको इच्छाशक्ति हुँदा एक दशकमा त्यो परियोजना पूरा हुन सक्ने बताउँछन्। ‘तर मैले त्यसो भन्न थालेको सातआठ वर्ष बित्न लागिसक्यो। तर प्रगति जहाँको त्यहीँ छ’, उनी भन्छन्।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अवस्थामा रहे तापनि चितवनमा अझै केही समस्या देखिन्छ।त्यहाँ यसअघि चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलवे लैजाने योजना बनाइए पनि अहिले निकुञ्जको बाहिरी भागबाट लैजाने गरी डीपीआर संशोधन गरिएको थियो।
यद्यपि बस्ती भएको ठाउँबाट रेलमार्ग विस्तार गर्न नदिने भन्दै त्यहाँका मानिसहरू रेलमार्ग पीडित सङ्घर्ष समिति नै बनाएर विरोध गरिरहेका छन्। रेल विभागका प्रवक्ता शाह भन्छन्,’अन्य विभिन्न ठाउँमा मुआब्जाको विषय समेत टुङ्गिन सकेको छैन। कतै त्यसलाई लिएर मुद्दा परेको छ। चितवन हुँदै रेलमार्ग अगाडि बढ्न नदिने भनेर त्यहाँ थप अनिश्चितता बनेको छ।’ समाचार श्रोत: बीबीसी
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












