प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आगलागी
काठमाडौं। बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बि टिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ ।
बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रहरीले हालसम्म अधिकतम धैर्यता कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधि जारी रहे कानूनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ ।
निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु भएको प्रदर्शन तथा झडपमा यस हप्तामा ३९ जनाको मृत्यु भएको छ भने बिहीबार एकै दिनमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ । बङ्गलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












