वैशाख र जेठमा धेरै आयात भएको विद्युतीय गाडी असारमा घट्यो
काठमाडौं । बजेट अगाडि वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी)असारमा भने घटेको छ । सरकारले गत १५ जेठमा ल्याएको बजेट मार्फत विद्युतीय गाडी (ईभी) मा लाग्ने कर बढाएको छ । आर्थिक विधेयक मार्फत इन्ट्री लेभलदेखि सबै गाडीमा भन्सार र अन्तःशुल्क गरेर सरकारले १० प्रतिशत कर बढाएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ११ हजार ७ सय १ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् । जसमध्ये असारमा २ सय ३५ युनिट भित्रिएको हो । गत वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा जेठमा मात्रै २ हजार ९ सय ६९ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
वैशाखमा १ हजार ४ सय ४ युनिट ईभी आयात भएको थियो । वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएकोमा असारमा भने २ सय ३५ मा मात्रै सीमित भएको हो । बजेटमा कर बढाउन अगाडि नै ईभी आयात गरेको व्यवसायीले स्टक क्लियरेन्स गर्नुपर्ने हुँदा असारमा आयात घटाएका हुन् ।
सरकारले गत वर्ष १५ जेठ २०८० मा ल्याएको आर्थिक विधेयक मार्फत पनि इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो । ५० देखि १ सय किलोवाटसम्मका ईभीका हकमा १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पुर्याइएको थियो । सोही रेन्जको गाडीमा गत वर्षदेखि १० प्रतिशत अन्तःशुल्क पनि पुर्याएको थियो ।
१५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५र५ प्रतिशतले बढाएको छ । १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क बढाएको हो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाउर अन्तःशुल्क बढाएको हो ।
कर बढ्नु अगाडि इन्ट्री लेभलका ईभीको आयात उच्च देखिएको पनि कर बढे पनि आयात घटेको हो । असारसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ५ सय ७१ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् ।
यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २१७ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटामा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको छ । असारमा १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ८ वटा मात्रै गाडी आयात भएका छन् भने ५० किलोवाटसम्मको गाडी २२७ गाडी भित्रिएका हुन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८५ अर्ब ७४ करोडको गाडी आयात भएको छ । जसमध्ये २९ अर्ब ४८ रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएका छन् । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












