बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको दाबी पेश
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन्।
उनले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन आइतबार २ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका हुन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले बाँकी मन्त्रालय लिने सहमति भइसकेको छ । बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले नेतृत्व गर्दैछ । बहादुरसिं तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।
कोशीमा शेरधन राई, हिक्मत कार्की, भीम आचार्य, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका छन् । मधेशमा लालबावु राउन, सरोजकुमार यादव र सतिसकुमार सिंह मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र शालीकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दा लुम्बिनीमा शंकर पोखरेल, कुलबहादुर केसी, डिल्लीराज चौधरी र जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । सोमबार मात्रै लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
कर्णालीमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेल मुख्यमन्त्री भएका छन् । सुदूरपश्चिममा त्रिलोचन भट्ट, कमलबहादुर शाह र दीर्घ सोडारी मुख्यमन्त्री भएका छन् । यस्तोमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री हुँदैछन्।
सहमतिअनुसार बागमतीमा पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्नेछन् । त्यसपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् । सहमतिअनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले राख्दा भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा परेको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












