भारत वुमन्स एसिया कपको फाइनलमा, नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो
टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाएर ९६ रनमात्रै जोड्न सक्यो ।
नेपालकी ब्याटिङ ओपनर सीता रानामगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन् । कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदा विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।
नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्का ७, कविता कुँवर ६, डली भट्ट ५, पूजा महतो २, र काजोल श्रेष्ठले ३ रन योगदान गरे । भारतका लागि दिप्ती शर्माले ३, अरुणधिता रेड्डी २, राधा यादव २र२ रेनुका सिंहले १ विकेट लिए ।
पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको भारतका ब्याटिङ क्रमका शीर्ष खेलाडी शफाली बर्माले ८१ र दयालन हेमलताले ४७ रन जोडे । सन्जिवन सजनाले १० र जमिमाहले २८ रन जोडिन् । सजीवन सजनाले १२ बलमा १० र जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रन बनाइन् ।
समूह ए कै पाकिस्तान ३ पनि खेलमा २ जीत र एक हारसाथ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले आज भारतसँगको तेस्रो खेलमा पनि पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











