भारत वुमन्स एसिया कपको फाइनलमा, नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो
टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाएर ९६ रनमात्रै जोड्न सक्यो ।
नेपालकी ब्याटिङ ओपनर सीता रानामगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन् । कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदा विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।
नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्का ७, कविता कुँवर ६, डली भट्ट ५, पूजा महतो २, र काजोल श्रेष्ठले ३ रन योगदान गरे । भारतका लागि दिप्ती शर्माले ३, अरुणधिता रेड्डी २, राधा यादव २र२ रेनुका सिंहले १ विकेट लिए ।
पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको भारतका ब्याटिङ क्रमका शीर्ष खेलाडी शफाली बर्माले ८१ र दयालन हेमलताले ४७ रन जोडे । सन्जिवन सजनाले १० र जमिमाहले २८ रन जोडिन् । सजीवन सजनाले १२ बलमा १० र जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रन बनाइन् ।
समूह ए कै पाकिस्तान ३ पनि खेलमा २ जीत र एक हारसाथ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले आज भारतसँगको तेस्रो खेलमा पनि पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक...