बुध ग्रहमा ठूलो मात्रामा हिरा रहेको वैज्ञानिकहरूको ठहर
काठमाडौं । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।
चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताउँछ । उनका अनुसार बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर छ ।
स्मरण रहोस् नासाको मेसेन्जर अन्तरिक्षयानले समेत आफ्नो अध्ययनका क्रममा बुध ग्रहको सतहमा असामान्य रुपले काला क्षेत्रहरु पत्ता लगाएको थियो । त्यसलाई ग्राफाइटको रुपमा पहिचान गरिएको थियो ।
नेचर कम्युनिकेसन्स पत्रिकामा प्रकाशित शोधमा बुध ग्रहको संरचना तथा असामान्य चुम्बकीय क्षेत्रका बारेमा प्रकाश पारिएको छ।वैज्ञानिकहरुका अनुसार ग्रहहरूको निर्माण सम्भवतः निकै तातो लाभाको महासागर चिसिएर बनेको हो । यही प्रकारले अन्य स्थलीय ग्रहहरूको विकास भयो । बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्ने अनुमान वैज्ञानिकहरुको छ ।
ग्रहको बाहिरी पत्र तथा मध्यमण्डलको रुपमा रहेको म्यान्टलको निर्माणचाहिं म्याग्मा पदार्थ क्रिस्टलमा परिणत हुँदा बनेको हो । जबकि धातुहरू यसभित्र पहिले नै जमेर एक केन्द्रीय कोरको निर्माण भयो ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












