आजको राशिफल: २०८१ साउन १० गते बिहीवार
मेष: कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ । अपराह्न ३ः०० बजेपछि भने अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। खर्च लागे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रशस्त लाभ उठाउने समय छ। रोकिएका धेरै काम बन्नेछन् र धनआर्जन पनि राम्रै हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
वृष: साथीभाइको सहयोग जुट्नाले पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। साँझतिर आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। ऋणमोचन हुने सम्भावना छ। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मिथुन: पढाइमा पनि राम्रै प्रगति हुनेछ। रोकिएका काम बन्ने तथा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। साँझतिर व्यापार बढ्नाले विशेष लाभ हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। धर्मकर्म र परोपकारका काममा जुट्ने समय छ। सार्वजनिक जिम्मेवारी वहन गर्नुपर्ला। पेसा–व्यवसायम परिश्रम धेरै गर्नुपर्ने समय छ। सामाजिक प्रतिष्ठा पाइनेछ।
कर्कट: कमजोर मानसिकताले पछि परिनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह: सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यापार बढ्नाले राम्रै आम्दानी हुनेछ। दिगो योजना बन्नेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला।
कन्या: अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा मान–सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
तुला: अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ।
वृश्चिक: हतारको निर्णयभन्दा मान्यजनको सुझाव लाभदायी बन्नेछ। साँझतिर केही काम अड्किन सक्छन्। अध्ययनमा धेरै समय जुट्न नसकिएला। तापनि गरी आएको कामबाट फाइदा उठाउन सकिनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्।
धनु : फाइदा कम देखिए पनि प्रयास दोहोर्याउँदा अवश्यै काम बन्नेछ।साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले काम बिग्रन सक्छ। केही समय लागे पनि राम्रै उपलब्धि हातलागी हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि सजिलै पूरा हुनेछ।
मकर:विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।
कुम्भ: सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। साँझतिर केही विवादास्पद काममा जुट्नुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि धन र बुद्धि खर्चनुपर्ने देखिन्छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ।
मीन: बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले रोकिएको काम थालनी ह्रुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...












