ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम
काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै बढेको छ । भर्खरै लीलादेवी गड्तौला (२०८१ साउन १०) पहिलो महिला मुख्यसचिवका रुपमा चयन भएपछि राजनेता ओलीको ऐतिहासिक गरिमा झनै बढेको देखिएको हो ।
ओली कार्यकारी प्रमुख हुँदा महिलालाई मुख्य पदमा सिफारिस, समर्थन र नियुक्ति गर्नु भएका मध्येमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । उहाँ २०७२ साल कातिक ११ गते ओलीकै समर्थनमा राष्ट्रपति पदमा नियुक्ति हुनु भएको थियो ।
यस्तै ओलीकै समर्थन तथा प्रयासमा ओनसरी घर्ती २०७२ असोज २९ गते पहिलो महिला सभामुख पदमा चयन हुनु भएको थियो । यस्तै नेपालकै पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्की २०७३ असार २७ गते नियुक्त हुनु भएको थियो । पहिलो मुख्यसचिवका रुपमा भर्खरै लीलादेवी गड्तौला नियुक्त हुनु भएको छ ।
देशमा प्रधानमन्त्री धेरै भएका छन् तर ऐतिहासिक काम गर्ने अग्रणी व्यक्तित्वमा राजनेता ओली देखिनु भएको छ । प्रमुख पदमा पहिलो महिला पदाधिकारी नियुक्ति गर्न सिफारिस तथा समर्थन गरेर ओली सच्चा ऐतिहासिक राजनेता दर्ज हुँदै जानु भएको छ । आफू सत्तामा पुगेका बेला भाषणमा मात्रै नभइ व्यवहारमा पनि प्रमुख पदमा महिलालाई स्थान दिन ओलीले लड्नु भएको विभिन्न उदाहरणहरुले देखाएका छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












