भारतमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु
काठमाडौं । भारतमा भारी वर्षाले निम्त्याएको पहिरोमा पुरिएर २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेका अधिकारीहरूले बताएका छन् । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताए । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् । केरलामा मंगलबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।
Comments
अरु समाचार
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...
-
स्टिल र एलुमिनियममा शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च...
-
मैले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको छु: ट्रम्प
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी...
-
अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको...
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ...
-
एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा रोक लगाउन अमेरिकी अदालतको आदेश
न्युयोर्क। अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ...