सुपर ओभरमा श्रीलंकाले दियो ३ रनको लक्ष्य, एक बलमै भारतको जित !
काठमाडौं । श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो। भारतका वासिङ्टन सुन्दरले चार बल फाल्दा दुई विकेट हात पारेका हुन्।
३ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै रोचक जित निकालेका हुन्। यो रोचक जितसँगै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा ३-० को शानदार जित निकालेको छ। पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। अब भारतले श्रीलंकासँगै ओडिआइका तीन खेलको सिरिज खेल्नेछ।
सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले टी–२० र ओडिआइ दुवै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको छ। भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन्। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन्। यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











