नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान गर्ने
काठमाडौं । यही दशैंदेखि अस्ट्रेलियाको सिड्नीबाट यहाँ रहेका नेपालीले आफ्नै बिमानमार्फत नेपालको यात्रा तय गर्ने पाउने भएका छन् । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।
अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा यहाँका नेपाली थप आशावादी बनेका थिए ।
डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी आएर संवाद गरेका छन् ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया आएका छन् । उनीहरुले यहाँस्थित सिभिल एभिएसन सेफ्टी अथोरिटी ९कासा०, पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग बिभिन्न छलफल समेत गरेका छन् ।
अधिकारीहरुका अनुसार अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पुर्वाधार बिभागको अनुरोधमा अस्ट्रेलिया आएको नेपाली टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को बिषयमा केही कुरा टुंग्याउन बाँकी रहेको जनाएका छन् । ‘फाईनल एप्रुभल आएपछि यही दशैंदेखि नेपाली विमानले सिड्नीसँग सिधा उडान गर्ने योजनामा हामी विस्वस्त छौं,’ नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले कान्तिपुरसँग भने । उनले छलफल सौहार्दपुर्ण र सफल भएको जानकारी दिँदै अब सबै कुराहरु टुङ्गिनेक्रममा रहेको बताए ।
अस्ट्रेलिया(नेपाल सिधा उडान गर्ने बिषयमा करिब डेढ वर्षदेखि द्विदेशीय छलफल भइरहेको छ । सिड्नीको किङ्सफोर्ड अन्तर्रास्ट्रिय विमानस्थलदेखि साताको दुईवटा उडान गर्ने गरी प्रारम्भिक चरणमा ग्राउण्ड स्लट समेत लिइसकिएको छ भने उडानका लागि आवश्यक पर्ने अधिकांश सम्झौता भइसकेका छन् ।
कार्यकारी अध्यक्ष अधिकारीले उडान सुरु गर्ने विषयमा देखिएका समस्या समाधानका लागि नै आफूहरु अस्ट्रेलिया आएको र समस्या समाधान भएको दाबी गरे । सन् २०१९ मा क्यानडामा दुई देशबीचमा सिधा हवाई उडान गर्ने बिषयमा सहमति भएको थियो । सहमतिअनुसार अस्ट्रेलियाका मुख्य शहर सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको सातवटा उडान नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् भने अस्ट्रेलियास्थित विमानसेवाले नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा साताको ७ वटा र अन्य विमानस्थलमा साताका २८ वटासम्म उडान गर्न सक्नेछन् ।
यता द्विदेशीय सहमतिअनुसार अस्ट्रेलियाली विमान कम्पनीले नेपाल उडान गर्ने बिषयमा भने अहिलेसम्म कुनै बिस्तृत योजना तथा जानकारी बाहिर आएको छैन ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












