किताव जात्रामा चिनियाँ चर्चित लेखकका किताव
काठमाडैं । किताब जात्रा २०८१ को छैटौं संस्करण श्रावण १८ र १९ गते काठमाण्डौको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको हो ।
किताब जात्रा महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल भएको र विभिन्न किताबका स्टलहरुसँगै कलाका अन्य स्टलहरु पनि भएकाले यो महोत्सवले धेरै मानिसहरुलाई मन्त्रमुग्ध बनाएको छ ।
विगतका वर्षहरुमा विशेषगरि नेपालका किताब तथा कलाका स्टलहरु हुने गर्दथ्यो । तर यसवर्ष भने अर्को एउटा आकर्षक स्टल पनि देखिएको छ । जसमा चिनियाँ उत्कृष्ट लेखक स्वेमोद्वारा लिखित किताब मात्रै रहेको देखिन्छ । स्वेमो एक लेखक मात्र नभई चिनियाँ ताओ धर्म तथा बौद्द धर्मका ज्ञाता एवम् सांस्कृतिक विद्वान समेत हुन् । उनका कृतिहरूमा विशेषगरि धर्म, अध्यात्म तथा मानव जीवनका गहिरा मुद्दाहरुको स्वाद तथा आभास पाईन्छ, जसका कारण उनका कृतिहरूले थुप्रै पाठकहरुलाई मन्त्रमुग्ध बनाएको पाईन्छ।
यसपालि यस स्टलमा विशेषगरि उनका दुईवटा नेपाली भाषामा अनुवादित किताबहरु, अङ्ग्रेजी भाषामा अनुवादित किताबहरु तथा चिनियाँ भाषामा लिखित करिब एकसय भन्दा बढी किताबहरु रहेको थियो । जसमध्ये महोत्सवका क्रममा यस स्टलमा आउने पाठकहरुलाई निकै प्रभावित तुल्याउन सफल किताबहरुमा नेपाली प्रसिद्द लेखक मल्ल के सुन्दरद्वारा अनुवादित “सिनचियाङ बुढो”, अरनिको समाजका अध्यक्ष एवम् प्रसिद्ध चिनियाँ भाषाविद् डा. सर्वोत्तम श्रेष्ठद्वारा अनुवादित “समीपमा प्रेम” तथा J.C.Cleary द्वारा अङ्ग्रेजी भाषामा अनुवादित “The World is Reflection of the Mind” रहेका थिए ।

स्टलमा आउने सबै पाठकहरुलाई स्वेमोका कृतिहरुका बारे परिचय गराउँदै रहेकी स्वेमोका शिष्य कुच्रिछाओ भन्नुहुन्छ: चिन र नेपालबिच हजारौँ वर्षदेखि सुमधुर मित्रता कायम हुँदै आएको छ, त्यसैले यस्तै साना प्रयासको माध्यमहरुबाट चिन-नेपालका सबै मानिसहरुबिच एक-अर्काको साहित्य, संस्कृति तथा रहनसहनबारे ज्ञान होस्, सबैले केही नयाँ कुराहरु सिक्ने मौका पाउन् र एक-अर्काबिच मनका भावहरु मनदेखि नै साटासाट होस् भन्ने हाम्रो उद्देश्य हो ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












