आजको राशिफल : २०८१ साल साउन २६ गते शनिवार
मेष: आकर्षक उपहारले उत्साह जगाउनेछ। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। तापनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मन ढुक्क नहुन सक्छ। मध्याह्नपछि यात्राको अवसर जुट्न सक्छ।
वृष: लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि हिम्मतले काम सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। प्रतिस्पर्धीहरूले मित्रताका हात अघि बढाउनेछन्। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ।
मिथुन: मध्याह्नदेखि आर्थिक स्थितिमा केही सुधार आउनेछ। स्वास्थ्य भने केही कमजोर नै रहला। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। हतारमा निर्णय लिने बानीले पछि अप्ठ्यारो पार्ने हुँदा समयमा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ।
कर्कट: बिहानको समयमा साहसी काम गरेर लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले केही फाइदा दिलाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम भने बन्नेछ।
सिंह सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। तर वादविवादले नियमित काममा भने समस्या उत्पन्न हुनेछ। उद्योग र व्यापारमा पनि केही उल्झन आउने देखिन्छ।
कन्या :आफन्तसँग रमाइलो भेटघाट हुने समय छ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
तुला :पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ। प्रयत्न गर्दा दिउँसोदेखि काममा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आगन्तुकले केही उपहार ल्याउन सक्छन्।
वृश्चिक: मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
धनु :नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ।
मकर; केही जोखिमयुक्त काममा जुट्नुपर्ला। आफ्नाको भरपर्दा काममा समस्या पर्नेछ। आफ्ना कमजोरी बाहिरिनाले पनि पेसा–व्यवसायमा केही चुनौती सामना गर्नुपर्ला। दिउँसोदेखि तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ: प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर समेत दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ।
मीन : व्यापारमा अर्थलाभ हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मानसाम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राको प्रक्रियाले पनि खर्च बढाउन सक्छ। तर धनधान्यले घर(गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












