चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने
काठमाडौं । आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा फेल भएका विद्यार्थीले शुल्क फिर्ता पाउने भएका छन् । आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको अवस्थामा प्रवेश परीक्षाको फारम भरेर १२ कक्षा अनुत्तीर्ण विद्यार्थीको रकम फिर्ता हुने शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
परीक्षाका लागि आवेदन दिइसकेर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद भइरहेहका बेला शिक्षामन्त्री भट्टराईले यस्तो निर्णय लिएकी हुन् । ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड ९एनजी० मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु’, उनले बुधबार भनेकी छन् ।
यस पटक आयोगले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि गत जेठ २८ गते नै आवेदन मागेको थियो । आवेदन दिने मिति असार १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म तोकिएको थियो । कक्षा १२ को परीक्षा दिएको प्रवेश पत्रका आधारमा आवेदन दिन सकिने नियम यसपटक लागू गरिएको थियो । कक्षा १२ को नतिजा नआए पनि प्रवेश परीक्षा हुने उल्लेख थियो । परीक्षाको नतिजा कक्षा १२ को आएपछि मात्रै सार्वजनिक गर्ने आयोगले जनाएको थियो ।
एकीकृत प्रवेश परीक्षा आउनु केही दिन बाँकी रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन निकालेको थियो । १२ मा अनुतीर्ण ९एनजी० भएकालाई परीक्षामा सामेल नगराउने निर्णय आयोगले गरिसकेको अवस्थामा अब उनीहरूले प्रवेश परीक्षाका लागि तिरेको शुल्क फिर्ता हुने भएको हो ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












