प्रधानमन्त्रीले भने- टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।
‘दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्यौँ’, उनले भने, ‘हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्ने छ ।
उनले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपायमा देश जाने बताए । ओलीले अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने जानकारी दिए । नेपालले संसारलाई सन्देश दिने गरी द्वन्द्व व्यवस्थापन गरेको पनि बताए । नेपालले शान्ति प्रक्रियालाई दिगो रुपमा टिकाउन विश्वले नेपालबाट सिक्नुपर्ने पनि बताए ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












