४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो ।
नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ । प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको शेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो ।
आज प्रतिशतको आधामा सबैभन्दा बढी वाणिज्य बैंकिङ समूह बढेको छ । वाणिज्य बैंक ५.६५ प्रतिशतले बढेर १६८४.९३ विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स ३.०५ प्रतिशतले घटेर ३८४८.७१ विन्दुमा पुगेको छ ।
आज शेयर बजारमा उछाल आउँदा ६ करोड ८९ लाख ८० हजार ३४६ लाख कित्ता शेयर किनबेच भएको छ । आज १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । बिहीबार ३३४ वटा कम्पनीको शेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच भएको छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ५ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेपाल फाइनान्सको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । थाप २ वटा कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











