अध्यक्ष न्यायाधीश कुवँरसहति तीनजना न्यायाधीशविरुद्ध पुनः उजुरी
काठमाडौं । विशेष अदालत काठमाडौंका अध्यक्ष न्यायाधीश टेकनाराण कुवँरसहति तीनजना न्यायाधीशविरुद्ध फेरि न्यायपरिषद्मा उजुरी परेको छ । उजुरी पर्ने अन्य न्यायाधीशमा तेजनारायण सिंह र रितेन्द्र थापा रहेका छन् । अध्यक्ष कुवँरसहित तीनजना न्यायाधीशविरुद्ध पटकपटक उजुरी परेपनि न्यायपरिषद् भने सुतेर बसेको देखिन्छ ।
हिजो विहीबार परेको उजुरी गोदावरी नगरपालिकाको केसमा रहेको बुझिएको छ । भ्रष्टाचारविरुद्धका अभियन्ताले उक्त उजुरी दिएका हुन् ।
यसअघि अध्यक्ष कुवँरका विरुद्ध सम्पति शुद्धीकरणको मुद्धामा सफाइ दिइएको र न्यायाधीश तेजनारायण सिंहले हुँदै नभएको प्रोफेसर पद सिर्जना गरेर ढाँटेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारको उपकुलपति नियुक्त भएको डा ज्ञानेन्द्र गिरीको केसमा न्यायाधीश राईले सफाइ दिएका थिए ।
डा. गिरीलाई सफाइ दिएको केसपछि विशेष अदालतको गरिमा सकिएको दिन भनेर चर्चा हुन थालेको थियो । डाक्टर गिरीले फैसला हुनुभन्दा एकदिन अगाडि नैं मैले मुद्धा जिते र विशेषका न्यायाधीश राई लगायतलाई करोडौं घूस खुवाएको छु भनेर आफू नजिकका व्यक्तिलाई सुनाएको स्रोतले यस सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
उजुरीको व्यवहोरा यसप्रकार छ :
श्रीमान प्रमुखज्यू
न्याय परिषद्को कार्यालय,
काठमाडौं ।
विषय : आवश्यक छानबिनसहित कारवाही गरी पाउँ। यदी कारबाही नभएमा विशेष अदालतको गेट र न्यायपरिषद्विरुद्द सात दिनभित्रम सामुहिक आत्मदाह गर्ने जानकारी सम्बन्धमा
महोदय,
भष्ट्राचारका मुद्दामा पटक पटक मुछिएका, कर्मचारी नेता गुण्डागर्दी गर्दै तस्कर गर्ने व्यापारी आमजनता, सञ्चारमाध्यम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक आयोगको छानबिन घेरामा परेका भष्ट्र र तस्कर हरूलाई सफाई दिने विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीमान टेकनारायण कुँवर, तेजनारायण सिह राइ र रितेन्द्र थापा ज्यूको इजलासले प्रतिवादीहरु ललितपुर जिल्ला गोदावरी नपाका मेयर गजेन्द्रबहादुर महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु बिश्वराज मरासिनी, कृष्णप्रसाद जैसी, प्रविन कोइराला, राजस्व समितिको सदस्यसचिव यमलाल बेलवासे, राजस्व शाखा प्रमुखहरु श्रीराम आचार्य र श्रीकण्ठ घिमिरे, माली निर्माण सेवाको प्रकाश माली, कर्मा कन्स्ट्रक्सनका रवि महर्जन, सप्तपथ कन्स्ट्रक्सनका मदन केसीलगायत १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार गरेको भनी दर्ता गरेको कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजारको बिगो दाबी लिएको ५ वटा मुद्दामा सबै १४ जना आरोपितलाई २ महिनामै आज सफाई दिएको छ।
यस्तै निराकार रोडा ढुङ्गा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मच्छिन्द्रनाथ मल्टिपर्पोजका सञ्चालक केदारनाथ तिमल्सिना, सजिलो रोडा ढुङ्गा उद्योगका सञ्चालक शशीराज शाही, वीरेन्द्र महर्जनलाई समेत प्रतिवादी बनाएर मुद्धा लगेकोमा न्यायाधीशहरूले जनताको भावना ,स्थानीय तहको क्षती ,राज्यकोषको दोहन, नेकपा एमालेका नेता नवराज सिलवालमार्फत निजहरुले राजनीतिक सौदाबाजी गरी ,केपी ओली निवासमा मेयर उप मेयरलाई भेट गराई अदालतमा प्रभाबित वनाएका साथै उजुरी गर्ने ब्यक्तिहरुलाइ मेयर उप मेयर लगायतका व्यवसायीले धाकधम्की समेत दिइ जनतालाइ आतङ्कित वनाएर गाउँवाट विस्थापित समेत गराइसकेको अवस्थामा ,सम्मानित अदालतले राजनीतिक र आर्थिक पहुँचको आधारमा फैसला गरेको ठहर तथा यसले भोलि जनतामा पर्ने असरको मूल्याङ्कन हामी जनताले आजै गरिसकेको र अदालत र न्यायाधीश जस्ता न्यायमुर्तिबाट पटकपटक भष्ट्राचारीहरुलाइ वचाउन भैरहेको चलखेल र भोलिका दिनमा न्यायाधीश र न्यायालय सुधार गर्न पहल न्यायपरिषदले पनि गरोस् साथै यस प्रकारका गलत कदम र भष्ट्राचार जस्तो जघन्य अपराधमा राजस्व छली जस्तो काण्डमा उन्मुक्ति दिने न्यायाधीशहरु समेत भष्ट्राचार कै पक्षपोषक देखिन आएकोले यसप्रकारका निर्णय गर्ने न्यायाधीशहरूलाई तत्काल सार्वजनिक गरी कारबाही नगरिए हामी स्थानीय जनताहरुको तर्फबाट गतवर्ष संसद भवन अगाडि प्रेमप्रसाद आचार्य ९भष्ट्राचार बिरोधी अभियान्ता०ले आत्मदाह गर्नुभयो त्यसरी नै तिन जनाले न्यायपरिषद्को कार्यालय र द्द जनाले विशेष अदालतको गेटमा आत्मदाह गर्ने निर्णयसहित तत्काल विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापालाई कारबाही गर्न र यो मुद्दालाई निरन्तर अगाडि वढायर निष्पक्ष निर्णय गराउन माग समेत गर्दछौ ।
हामी भष्ट्राचारबिरुद्द प्रमाणसहित छानबिन गराउन माग गर्छौ । यदि दलाल प्रथावाट फैसला आएमा आत्मदाह गर्नेलगायतका विभिन्न अभियान चलाउदै आएका छौ, यसको निरन्तरता दिन्छौ ।भष्ट्राचारीले देश सक्ने र अदालतले भष्ट्राचारीलाई बचाउँदै जाने भएपछि भष्ट्र तस्कर नेता घूस खाने घुसिया, सेटिङ मिलाउने बिचौलिया वाहेक देशमा वस्नै नसक्ने अवस्था सिर्जना हुनेहुँदा बरु भष्ट्राचार विरुद्दमा आत्मदाह गरी मर्ने निर्णय समेत भएको जानकारी र यस घटनाको सम्पूर्ण जिम्मेवारी विशेष अदालत र न्यायाधीश ज्युहरुले लिनुपर्ने व्यहोरा अवगत गराउँदै यो पत्र पेस गर्दछौ ।
राज कुमार तिमल्सिना
भष्ट्राचार बिरुद्द द डार्क फाइल अभियान
( यसको जवाफ तत्काल अपेक्षाकृत छौ ।) 9767821333
वोधार्थ/जानकारी
नेपाल समाचार पत्र
आम सञ्चार माध्यम
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












