आजको राशिफल : २०८१ साल भदौ १ गते शनिबार
मेष :विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले पनि साथ दिनेनेछन्। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
वृष: अप्ठ्यारो परिस्थितिमा पनि केही काम भने बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलाग्न सक्छ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला।
मिथुन : समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझदेखि भने अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। परिवेश उल्लासमय रहे पनि जीवनशैली अस्तव्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला।
कर्कट: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ।
सिंह : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। साँझतिर प्रतिस्पर्धीहरू पछि हट्नाले कामको अवरोध पनि हट्नेछ। आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या :अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा साँझदेखि लाभ मिल्नेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।
तुला : पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ। साँझतिर घर(गृहस्थी रमाइलो रहनेछ। विश्वास गरेका व्यक्तिबाट भने धोका हुन सक्छ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
वृश्चिक: बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझदेखि अरूको भरपर्दा काम बिग्रन सक्छ।
धनु :मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साँझतिर धनलाभ हुने योग छ।
मकर: खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने रमाइलो भेटघाटमा मन रमाउनेछ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
कुम्भ: थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साँझतिर खर्च बढे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीन: कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












