गोर्खा मिडियाका तत्कालीन डाइरेक्टर रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीन आचार्यसँग बयान लिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।
आचार्यले गोर्खा मिडिया नेट्वर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए। उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए । समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो । तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलका सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेट्वर्कमा लगानी आएको देखिएको थियो । समितिले कागजात अध्ययन गर्दा त्यस कार्यमा आचार्यको पनि संलग्नता देखिएको थियो। आचार्यले सहकारीबाट झिकेको पैसा गोर्खा मिडियासँगै निजी प्रयोजनमा पनि लगाएको देखिएको समितिका एक सदस्यले बताए । गोर्खा मिडियामा हुँदा आचार्यले सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट कारोबार गरेको देखिएको समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












