ओलीले भने- कांग्रेस र एमाले नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए ।
ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’
सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने ओलीले बताए । उनले थपे, ‘न्याय र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं ।’
उनले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने उनको टिप्पणी छ । ‘लोकतन्त्र एउटा अनुशासिन समाज हो । आज कुनै योगदान नभएकाहरुको दुई चार वर्ष सामाजिक सञ्जालमा तारिफको पुल बनाएर महान बनाउन खोज्ने तथा देश देशका लागि काम गरेकालाई बदनाम गराएर हुर्मत लिन खोज्ने संगठित प्रयासलाई हामीले बुझ्नुपर्छ,’ ओलीले भने ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












