ओलीले भने- कांग्रेस र एमाले नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए ।
ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’
सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने ओलीले बताए । उनले थपे, ‘न्याय र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं ।’
उनले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने उनको टिप्पणी छ । ‘लोकतन्त्र एउटा अनुशासिन समाज हो । आज कुनै योगदान नभएकाहरुको दुई चार वर्ष सामाजिक सञ्जालमा तारिफको पुल बनाएर महान बनाउन खोज्ने तथा देश देशका लागि काम गरेकालाई बदनाम गराएर हुर्मत लिन खोज्ने संगठित प्रयासलाई हामीले बुझ्नुपर्छ,’ ओलीले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












