रिपोर्टर्स क्लबमा गाईजात्राः प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य
मैले भुटनदेवीको दर्शनार्थी भनेको, उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ : शैलेन्द्र सिम्खडा
काठमाडौं, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ ।
गाइजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अहिले देशमा प्रत्येक दिन गाईजात्रा भइरहेको टिप्पणी गरे । उनले पञ्चायती व्यवस्थामा राजनीतिक नेतृत्वमाथि गाइजात्राको अवधिमा ८ दिनमात्रै व्यङ्ग्य गर्न पाइने विगतलाई स्मरण गराउँदै अहिले आफूलाई लागेको कुरा जहिले पनि व्यक्त गर्न सकिने अवस्थामा देश आइपुगेको बताए ।
पत्रकार धमलाले नेताहरुलाई प्रत्येक दिन गाली गर्दागर्दा जनता वाक्कदिक्क भइसकेको बताउँदै अब गाइजात्रामा पनि सकारात्मकता खोज्न सुझाव दिए । ‘हाम्रो देशमा प्रत्येक दिन नकरात्मक कुरा गरिन्छ । नेताहरुलाई गाली गरिन्छ । आजको दिनमा एउटा संकल्प गरौं, अब राम्रा कुरा गरौं । प्रत्येक दिन गाली गर्दागर्दा सबै वाक्कदिक्क भइसके,’–उनले भने ।
त्यस्तै, हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे । कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाएका थिए । उनले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेटेका थिए ।
‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’– उनले प्यारोडीमार्फत व्यङ्ग्य गरेका थिए । बाल हाँस्यकलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मनपर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उनकै क्यारिकेचर गरेको बताईन् । उनले आफूले गरेको क्यारिकेचरको छोटो अंश पनि प्रस्तुत गरिन् । सुयसाले आफ्ना बाबु सन्तोष खनाललाई ऋषि धमला बनेर प्रश्नहरु सोधेकी थिईन् । सुयसाले गाइजात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्थाप्रति पनि ब्यङ्ग गरेकी छिन् ।
अर्का हाँस्यकलाकार दमन रुपाखेतीले आफूहरुले जति ब्यङ्ग्य गरेपनि नेताहरु नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
हाँस्यकलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताए । उनले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गरे । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका थिए ।
हाँस्यकलाकार हिमेश पन्तले गाइजात्राको शुभकामना व्यक्त गरे । उनले राष्ट्रिय नाच घरमा हिजोबाट गाइजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी गराए । त्यसैगरी, अर्का हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले विगत २१ वर्षदेखि निरन्तर गाइजात्रा निकाल्दै आएको बताए । यसपटक ओएसआर डिजिटलमार्फत ‘ठगठाग कम्पनी’ गाइजात्रा रिलिज गरेको जानकारी गराए ।
जोगिन्दरले सोही गाइजात्राको अंश प्रस्तुत गरे । उनले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन शाहलगायतमाथि ब्यङ्ग्य गरेका थिए । हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाइजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरु नसुध्रिएको बताए । उनले देश नबन्नुमा नेताहरुको हात छैनजस्तो लाग्नथालेको सुनाए । हाँस्यकलाकार नेपालले नेता होईन, अब देश सुध्रिएमात्रै नेपाल बन्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले व्यङ्ग्य गरे ।
कलाकार नेपालले हाँस्यव्यङ्ग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले काम गर्न छाडेको बताए । उनले हाँस्यव्यङ्ग्यमा अप्रेसनको आवश्यक्ता औंल्याए । ‘अहिलेको हाँस्यव्यङ्ग्यलाई एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था छ । अप्रेसन गर्नुपर्ने बेला आइसकेको छ । हामीले गर्ने हाँस्यव्याङ्ग्य पनि सामान्य औषधिजस्तो भइसकेको छ,’– उनले भने ।
हाँस्यकलाकार राजा राजेन्द्रले पत्रकार धमलाको क्यारिकेचर गरे । उनले पत्रकार धमलाले आफ्नो आलोचनालाई जहिले पनि स्वीकार गर्ने गरेको भन्दै उनले प्रशंसा गरे । राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरेका थिए । राष्ट्रिय नाचघरमा जारी गाइजात्रामा पत्रकार धमलाको पनि क्यारिकेचर रहेको बताउँदै हेर्न आउन निमन्त्रणा पनि दिए ।
अर्का हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाइजात्राको प्रस्तुति गरिरहेको बताए । पहिला गाइजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यङ्ग्य गर्न पाइने अवस्था पनि उनले स्मरण गरे । सिम्खडाले गाइजात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइदिन पनि आग्रह गरे । यसपटक प्रज्ञा भवनमा ५’शो र राष्ट्रिय नाचघरमा ११ शो गाइजात्रा प्रदर्शन गरिने पनि उनले जानकारी गराए ।
कार्यक्रममा उनले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गरे । पत्रकार धमलाले अबबाट ‘सकरात्मकताको खोजी गरौं’ भन्ने प्रस्ताव गरेको स्मरण गराउँदै उनले त्यो अवस्था नरहेको बताए । उनले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत यसरी व्यङ्ग्य गरेः
‘श्रीमान ममाथि लागेको आरोप मिथ्या छ ।
मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो ।
मैले गठबन्धन भन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो ।
मैले जोरपाटी भन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ ।
मैले भुटनदेवीको दर्शनार्थी भनेको,
उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ ।
मैले झापाको टी स्टेट कसले खाएको भनेको,
उहाँहरुले बालकोट बा सुन्नुभएछ ।
कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डङ्गोललगायतको उपस्थिति र प्रस्तुति रहेको थियो ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












