मर्स्याङ्दीमा बस खस्दा मृत्यु हुनेमा सबै भारतीय पर्यटक, सङ्ख्या २७ पुग्यो
मर्स्याङ्दीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७, सबै भारतीय पर्यटक
काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । पोखराबाट काठमाण्डौको लागि छुटेको भारतीय बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।
घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित ४३ जना यात्रु थिए ।
१५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउने सबै भारतीय पर्यटक छन् ।
ज्यान गुमाउनेहरुमा १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०र५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५र५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५र४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडेको पनि दुर्घटनामा ज्यान गएको छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












