आज २७ ओैं मुख्यसचिवमा गृहसचिव अर्याल नियुक्त हुँदै
नयाँ मुख्य सचिवको नियुक्ति प्रमाणीकरण मुख्यसचिव लीलादेवी गड्तौलाले गर्ने
काठमाडौं । आज भदौ १३ गते साँझ ५ बजे मन्त्रीपरिषदको बैठक बस्दैछ। मुख्यसचिव लिलादेवी गडतौलाको ३७ दिने कार्यकाल यही भदौ १५ गते शनिवार सकिंदैछ। भदौ १५ गतेदेखि नेपाल सरकारको मुख्यसचिव पद रिक्त हुने भएकाले सम्भवत: आज साँझको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको २७ ओैं मुख्यसचिव नियुक्त गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको विश्वस्त स्रोतले बताएको छ। हालकी मुख्यसचिव लीलादेवी गडतौलाले भदौ १५ गते अवकास पाउने भएपनि त्यस दिन शनिवार परेकाले १४ गते शुक्रबार नै उनलाई मुख्यसचिवबाट बिदावारी गरिदैछ। त्यही भएर प्रधानमन्त्री केपी शर्मा ओलीले आजैको मन्त्रीपरिषद् बैठकबाट भावी मुख्यसचिव नियुक्ति गर्ने तयारी गरेको स्रोतले बताएको छ। भावी मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले सहमति गरिसकेकाले आजको मन्त्रीपरिषद् बैठकमा भावी मुख्यसचिव नियुक्ति हुने सरकारको उच्च स्रोतले बताएको छ।
मुख्यसचिवका लागि करिव पाँच जना सिनियर सचिवहरूबीचमा प्रतिस्पर्धा रहेको भएपनि प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा अब्वल रहेका, सक्षम, योग्य, इमानदार, कार्यकुशल र स्वच्छ छविका गृह मन्त्रालयका सिनियर सचिव एकनारायण अर्याललाई भावी २७ ओैं मुख्यसचिवमा नियुक्ति गर्न लागेको प्रधानमन्त्री निकट विश्वस्त स्रोतले बताएको छ।
सचिव अर्याल नेकपा एमाले निकट सचिव मानिन्छन् । तर पनि उनले नागरिकहरूलाई प्रशासनिक सेवा प्रवाह गर्दा कुनै पनि राजनीतिक रंग नदिइ निष्पक्ष,छिटो -छरितो,पारदर्शी र प्रभावकारी रूपमा सेवा प्रदान गर्दै आएका छन् । उनी अहिलेसम्म कुनै विवादमा नआएका निस्कलंक सचिव हुन् । उनी मकवानपुर र काठमाडौं लगायतका जिल्लाको सिडिओ भैसकेका छन् । २०७२ सालको विनाशकारी भुकम्पको बेलामा काठमाडौंको सिडिओ हुँदा उनले भुकम्पको प्रकोपमा परेका राजधानीबासीको उद्वार,उपचार, राहत र पुन:स्थापनामा महत्वपूर्ण भुमीका निर्वाह गरेर नागरिकको मन जितेका थिए।
काठमाडौंको सिडिओपछि उनको भारतको कलकत्तास्थित महावाणिज्यदूतमा सरूवा भएको थियो। उनले त्यहाँ चार वर्ष महावाणिज्यदूत भएर आयात व्यापार, निर्यात व्यापार, ओैद्योगिक कच्चा पदार्थको आयात र निर्यात व्यापार सहजिकरणमा धेरै ठुलो योगदान दिएका थिए। कलकत्ताको बन्दरगाहमा सुविधा वृद्वि र छिटो सेवाका लागि उहाँको कार्यकालमा धेरै काम भएका थिए। त्यसको अहिले पनि उद्योगी व्यवसायीहरू मुक्तकण्ठले प्रशंसाा गर्छन्।
कलकत्तामा महावाणिज्यदूत हुँदा नै सचिवमा बढुवा भएका अर्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघिय मामिला तथा सामान्य प्रशासन सचिव, श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव भएर ती मन्त्रालयमा ऐनकानुनगत र संरचनागत सुधार, कर्मचारी प्रशासनको सेवा प्रवाहमा सुधार गरेका थिए । कर्मचारी सरूवामा पारदर्शी अपनाएका थिए। श्रम मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरूवा भएका बेलापनि उनले त्यहाँको कामलाई प्रभावकारी बनाउन उल्लेखनीय काम गरेर चर्चामा आएका थिए। पछि एमाले, माओवादी केन्द्र र रास्वपाको गठबन्धन सरकारका बेलामा रास्वपाका अध्यक्ष रवी लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि गृहसचिवमा सरूवा भएका थिए। गृहसचिवमा उनको भुमिका सन्तुलित र प्रभावकारी भएकाे छ। उनलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका एमाले नेतादेखि उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक समेत लागेका थिए ।
प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल,सुखी नेपाली’ को नारालाई सफल पार्न पनि अर्याल जस्ता सक्षम, काविल, कार्यकुशल र सकृय सचिव अर्याललाई मुख्यसचिव बनाउनु पर्ने निजामती प्रशासकहरू बताउँछन्।
अहिले मुख्यसचिव नियुक्तिको सूचीमा २०७७ भदौमा सचिवमा बढुवा भएका राष्ट्रिय योजना आयोगका सचिव तोया नारायण ज्ञवाली, महिला बालवालिका तथा जेष्ठ नागरिक सचिव दिनेश भट्टराई, भुमी व्यवस्था,सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले पनि दौडधुप गरिरहेका थिए। मुख्यसचिवमा करिव आधा दर्जन सचिवहरूको प्रतिस्पर्धा भएपनि अन्तिममा अर्याल मुख्यसचिवमा नियुक्त हुने भएका हुन् । गृहसचिव अर्याल मुख्यसचिवमा नियुक्त भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्कर गृहसचिव बन्ने दौडमा लागेका छन्। परराष्ट्र मन्त्री डा. आरजु राणाले उनलाई गृहसचिव बनाउने बचन दिएको प्रधानमन्त्री कार्यालयमा चर्चा छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












