आज २७ ओैं मुख्यसचिवमा गृहसचिव अर्याल नियुक्त हुँदै
नयाँ मुख्य सचिवको नियुक्ति प्रमाणीकरण मुख्यसचिव लीलादेवी गड्तौलाले गर्ने
काठमाडौं । आज भदौ १३ गते साँझ ५ बजे मन्त्रीपरिषदको बैठक बस्दैछ। मुख्यसचिव लिलादेवी गडतौलाको ३७ दिने कार्यकाल यही भदौ १५ गते शनिवार सकिंदैछ। भदौ १५ गतेदेखि नेपाल सरकारको मुख्यसचिव पद रिक्त हुने भएकाले सम्भवत: आज साँझको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको २७ ओैं मुख्यसचिव नियुक्त गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको विश्वस्त स्रोतले बताएको छ। हालकी मुख्यसचिव लीलादेवी गडतौलाले भदौ १५ गते अवकास पाउने भएपनि त्यस दिन शनिवार परेकाले १४ गते शुक्रबार नै उनलाई मुख्यसचिवबाट बिदावारी गरिदैछ। त्यही भएर प्रधानमन्त्री केपी शर्मा ओलीले आजैको मन्त्रीपरिषद् बैठकबाट भावी मुख्यसचिव नियुक्ति गर्ने तयारी गरेको स्रोतले बताएको छ। भावी मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले सहमति गरिसकेकाले आजको मन्त्रीपरिषद् बैठकमा भावी मुख्यसचिव नियुक्ति हुने सरकारको उच्च स्रोतले बताएको छ।
मुख्यसचिवका लागि करिव पाँच जना सिनियर सचिवहरूबीचमा प्रतिस्पर्धा रहेको भएपनि प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा अब्वल रहेका, सक्षम, योग्य, इमानदार, कार्यकुशल र स्वच्छ छविका गृह मन्त्रालयका सिनियर सचिव एकनारायण अर्याललाई भावी २७ ओैं मुख्यसचिवमा नियुक्ति गर्न लागेको प्रधानमन्त्री निकट विश्वस्त स्रोतले बताएको छ।
सचिव अर्याल नेकपा एमाले निकट सचिव मानिन्छन् । तर पनि उनले नागरिकहरूलाई प्रशासनिक सेवा प्रवाह गर्दा कुनै पनि राजनीतिक रंग नदिइ निष्पक्ष,छिटो -छरितो,पारदर्शी र प्रभावकारी रूपमा सेवा प्रदान गर्दै आएका छन् । उनी अहिलेसम्म कुनै विवादमा नआएका निस्कलंक सचिव हुन् । उनी मकवानपुर र काठमाडौं लगायतका जिल्लाको सिडिओ भैसकेका छन् । २०७२ सालको विनाशकारी भुकम्पको बेलामा काठमाडौंको सिडिओ हुँदा उनले भुकम्पको प्रकोपमा परेका राजधानीबासीको उद्वार,उपचार, राहत र पुन:स्थापनामा महत्वपूर्ण भुमीका निर्वाह गरेर नागरिकको मन जितेका थिए।
काठमाडौंको सिडिओपछि उनको भारतको कलकत्तास्थित महावाणिज्यदूतमा सरूवा भएको थियो। उनले त्यहाँ चार वर्ष महावाणिज्यदूत भएर आयात व्यापार, निर्यात व्यापार, ओैद्योगिक कच्चा पदार्थको आयात र निर्यात व्यापार सहजिकरणमा धेरै ठुलो योगदान दिएका थिए। कलकत्ताको बन्दरगाहमा सुविधा वृद्वि र छिटो सेवाका लागि उहाँको कार्यकालमा धेरै काम भएका थिए। त्यसको अहिले पनि उद्योगी व्यवसायीहरू मुक्तकण्ठले प्रशंसाा गर्छन्।
कलकत्तामा महावाणिज्यदूत हुँदा नै सचिवमा बढुवा भएका अर्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघिय मामिला तथा सामान्य प्रशासन सचिव, श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव भएर ती मन्त्रालयमा ऐनकानुनगत र संरचनागत सुधार, कर्मचारी प्रशासनको सेवा प्रवाहमा सुधार गरेका थिए । कर्मचारी सरूवामा पारदर्शी अपनाएका थिए। श्रम मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरूवा भएका बेलापनि उनले त्यहाँको कामलाई प्रभावकारी बनाउन उल्लेखनीय काम गरेर चर्चामा आएका थिए। पछि एमाले, माओवादी केन्द्र र रास्वपाको गठबन्धन सरकारका बेलामा रास्वपाका अध्यक्ष रवी लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि गृहसचिवमा सरूवा भएका थिए। गृहसचिवमा उनको भुमिका सन्तुलित र प्रभावकारी भएकाे छ। उनलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका एमाले नेतादेखि उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक समेत लागेका थिए ।
प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल,सुखी नेपाली’ को नारालाई सफल पार्न पनि अर्याल जस्ता सक्षम, काविल, कार्यकुशल र सकृय सचिव अर्याललाई मुख्यसचिव बनाउनु पर्ने निजामती प्रशासकहरू बताउँछन्।
अहिले मुख्यसचिव नियुक्तिको सूचीमा २०७७ भदौमा सचिवमा बढुवा भएका राष्ट्रिय योजना आयोगका सचिव तोया नारायण ज्ञवाली, महिला बालवालिका तथा जेष्ठ नागरिक सचिव दिनेश भट्टराई, भुमी व्यवस्था,सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले पनि दौडधुप गरिरहेका थिए। मुख्यसचिवमा करिव आधा दर्जन सचिवहरूको प्रतिस्पर्धा भएपनि अन्तिममा अर्याल मुख्यसचिवमा नियुक्त हुने भएका हुन् । गृहसचिव अर्याल मुख्यसचिवमा नियुक्त भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्कर गृहसचिव बन्ने दौडमा लागेका छन्। परराष्ट्र मन्त्री डा. आरजु राणाले उनलाई गृहसचिव बनाउने बचन दिएको प्रधानमन्त्री कार्यालयमा चर्चा छ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











