जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन र तातोपानीको लामाचौर पाटनमा चट्याङ पर्दा शनिवार एकै दिन ७५ भेडा मरेका हुन् ।
शनिवार दिउँसो ४ बजेको समयमा पातारासीको चेप्टे पाटनमा चट्याङ पर्दा पातारासी–२ तल्फी गाउँका किसानका करिब ५६ भेडा मरेका छन् । चट्याङमा परी पातरासी गाउँपालिका वडा २ का अध्यक्ष बल बहादुर वोहोराका ९ वटा, चन्द्रलाल वोहोराका ६ वटा, जोगिलाल वोहोराका २४ वटा, मान बहादुर वोहोराका ६ वटा, लाल बहादुर बोहराको ७ वटा, हिरालाल वोहोराका ४ वटा गरि ५६ वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी दिए ।
भौगोलिक रूपमा चेप्टे पाटन टाढा रहेको र फोन सम्पर्क हुन पनि कठिनाइ हुने भएकोले क्षतिको सम्पूर्ण विवरण अझै नआएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए। उनले हरेक वर्ष चट्याङले किसानलाई ठुलो नोक्सान हुने गरेकोले भेडा पालक किसानलाई अनिवार्य बिमाको पहुँचमा पुराउनु पर्नेमा जोड दिए । पातारासी कृषि,जडीबुटी सँगै भेडा पालनमा आत्मनिर्भर पालिका हो । तर भेडापालन व्यवसाय प्रर्बद्दनमा भने स्थानीय सरकार चुक्दै आएको छ ।
यता तातोपानी गाउँपालिका वडा नं ४ स्थित लामाचौर पाटनमा चट्याङ पर्दा १९ भेडा मरेका छन् । तातोपानी–४ गिडिखोलाका ४ जना किसानका १९ भेडा मरेको र १८ भेडा बेपत्ता रहेको ४ नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताए। शनिवार दिउँसो भेडाका बथानमा परेको चट्याङ परेको थियो ।
खाली पाटनबाट फूलचौल्या तर्फ ल्याउँदै गरेको अवस्थामा दिउँसो करिब ३ बजेर ४७ मिनेटमा लामाचौर पाटनमा चट्याङ पर्दा गिडिखोला गाउँका भेडापालक किसानका १५ भेडा मरेको वडाध्यक्ष रोकायाले जानकारी दिए । यसरी शनिवारनै दुई पालिकाका पाटनमा परेको चट्याङले ७५ भन्दा बढी भेडा मरेका हुन् भने १८ भेडा बेपत्ता रहेका छन् ।
Comments
अरु समाचार
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
म्याग्दी पहिरोमा पुरिएका एक जनाको शव भेटियो, एकजना अझै बेपत्ता
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको...
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी...
-
जाजरकोटको पिडाः भूकम्पले घर भत्कायो, ढुङ्गाले दिदी–बहिनीको ज्यान लियो !
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी–बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु...
-
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौं । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ । आइतबार...
-
देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाण्डौ: बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...