रुसद्वारा किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइल आक्रमण
काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणमा परेर कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
युक्रेनको वायुसेनाले सोमवार बिहान बताए अनुसार रुसले राजधानी किएभमाथि शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा पठाइएको छ। किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन बैठक किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए।
‘हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ’, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरेका छन्।
वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो।
किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताए।
Comments
अरु समाचार
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
बंगलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु !
काठमाडौं । बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार आइतबार...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...
-
अमेरिका र चीनबीच आयातमा लगाइएको कर घटाउने सम्झौता
वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले...
-
छत्तीसगढमा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, १४ जना घाइते !
काठमाडौं । भारतको अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।...
-
भारत–पाकिस्तान तनावका कारण बन्द भएका विमानस्थल खुल्न थाले !
काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...
-
विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
काठमाडौं । विश्व क्रिकेट जगतका सर्वाधिक लोकपृय खेलाडी तथा भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। केही दिनअघि...