साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका छन् । पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिकीकरण कार्यक्रममा समीक्षा गर्दै उनीहरुले यसमा समेटिएको विषयबस्तु पठनीय भएको जनाए ।
काठमाडौंमा शनिबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले नौलो शैलीमा लेखिएकोे उपन्यास उत्कृष्ट भएको जनाए । उपन्यासमार्फत लेखकले नयाँ सन्देश दिन खोजेको शर्माको भनाइ थियो । कथाकार माया ठकुरीले उपन्यासले समाजको यथार्थताको संकेत गरेको जनाइन् । ठकुरीले भनिन्,’ सबै साहित्यकारहरु आनन्दमयी किसिमले एउटै डुंगामा सयर गरिरहेका छन्, तिनीहरुमध्ये उपन्यासकार पोखरेल पनि एक हुन् ।’
समिक्षक अनुपमा रेग्मीले ‘उर्वरा’ शब्दलाई लाक्षणिक रुपमा बुझ्नुपर्ने जनाउँदै उपन्यासको सुरुवात र अन्त्य एकदमै सान्दर्भिक भएको जनाइन् । आख्यानमा रुची राख्नेका लागि उपन्यास एकदमै गज्जब भएको जनाउँदै उनले भनिन्,’ ३५२ पेजको यस उपन्यासले पाठकको सजिलै मन तान्छ , ‘उर्वरा’ आदर्शवादी उपन्यास हो ।’ रेग्मीले प्रष्ट पार्दै भनिन्, “उपन्यास पठनीय छ, यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउँछन् ।”
उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ ले ६० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको टिप्पणी गरे । यस उपन्यासले पूर्वको विराटनगर, सुनसरीलगायतका ठाउँको परिचय समेट्नुका साथै विगतमा कलेज जीवनको याद दिलाउने जनाए । पोखरेलले लेखेको उपन्यासमा संस्कृति तथा परम्पराले प्रेम गर्ने जोडीमा प्रभाव पारेको र विछोडिएको अवस्थाको चित्रण भएको भनाइ राखे । ‘४२ वर्षको पुरुषले १२ वर्षीया बालिकासँग बिहे गरेको उपन्यासभित्रको एउटा दृष्टान्त हो’, उनले भने । उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाए । दाजुले लेखेको उपन्यासमा पाठकले कोमलता भेट्ने उनको भनाइ छ ।
‘उर्वरा’ उपन्यासका लेखक पोखरेलले बीपी कोइरालासँगको छोटो संगतले आफूलाई साहित्यमा लाग्न अभिप्रेरित गरेको जानकारी गराए । आफ्नो परिवारका सबै सदस्यहरु साहित्यमा रुची राख्ने भएकाले पनि आफूलाई यस विधामा लाग्न प्रेरित गरेको उनको भनाइ छ । उपन्यासकार पोखरेलले भने, ‘हाम्रो घरमा साहित्यिक माहोल थियो, आमा, भाइ र म कवितामै बोल्ने गर्थ्याैं ।’ सष्टा समाजका सल्लहाकार एवम् साहित्यकार विधान आचार्यले उपन्यासको कहानीले कहिले स्वदेश त कुनैबेला विदेश घुमाएको जनाए । उपन्यासको प्रत्येक खण्डमा बेग्लाबेग्लै विषय हुनु एउटा नौलो प्रयास भएको उनको भनाइ थियो ।
नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा, स्रष्टा समाजका संरक्षक पवन आलोक, माधव विडारीलगायतले उर्वरा पठनीय भएको दाबी गरे । उपन्यास लोकार्पण कार्यक्रमको उद्घोषण गर्दै देवीराज तिमल्सिनाले उपन्यासकार पोखरेलका कृतिहरुका सम्बन्धमा पनि चर्चा गरे । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र कथाकार माया ठकुरीले संयुक्तरुपमा पोखरेलको कृति ‘उर्वरा’ को लोकार्पण गरेका थिए ।
‘उर्वरा’ उपन्यासमा जयन्त र शिल्पाको प्रेम कथा समेटिएको छ । तर सांस्कृतिक भिन्नताले उनीहरुबीच विछोड हुने बाध्यता हुन्छ । जयन्तसँग विछोड भएपछि शिल्पाको आफूभन्दा २० वर्ष जेठो केटासँग बिहे हुन्छ । २० वर्ष जेठो मान्छेले रानी जस्तो बनाएर राखे पनि शिल्पाको मन बेचैन हुन्छ र एक्लै बस्नुपर्ने अवस्था हुन्छ । यसरी उपन्यासमा विभिन्न रोचक तानाबाना बुनेर गज्जबको कथा बनाइएको छ । पोखरेलले विगत ३० वर्षदेखि कविता लेखिरहेका छन् । उनका चारवटा आख्यान कृति प्रकाशित भइसकेका छन् । उर्वरा उपन्यास पोखरेलको पाँचौं कृति हो भने उपन्यास चौथो हो । उनले यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ उपन्यास बजारमा ल्याइसकेका छन् । 
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












