‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
समाजलाई सकारात्मक दिशातर्फ लैजान साहित्य महत्वपूर्ण : सभामुख घिमिरे
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ । संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक डोलिन्द्र प्रसाद शर्माले गर्नु भएको थियो ।
शनिबार दिउँसो भएको कार्यक्रममा गंगाप्रसाद उप्रेतीको ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण गरियो । यस्तै साहित्यिक क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका वरिष्ठ स्रष्टाहरु कृष्ण गौतम, रामप्रसाद उपाध्याय पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेम विनोद नन्दन र प्राध्यापक डा.कृष्णप्रसाद दाहाललाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सभामुख घिमिरेको मन्तव्य
कार्यक्रमका प्रमुख अतिथि संघीय संसदका सभामुख देवराज घिमिरेले प्रतिकूलतालाई चिर्न र समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि नेपाली साहित्यले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, “युवा, मधेसी, पहाडीले गर्नु पर्ने काम के हो ? राज्यप्रति हाम्रो दायित्व के हो ? भन्ने विषयमा साहित्यले खासै उजागर गर्न सकेको छैन, अब यस्ता विषय उजागर गर्न जरुरी छ ।” शमी साहित्य प्रतिष्ठानको पुस्तक प्रकाशन गर्ने र स्रष्टाहरुलाई सम्मान गर्ने कार्यको प्रशंसा गर्दै प्रमुख अतिथिका रुपमा कार्यक्रममा आफूलाई निमन्त्रणा गरेकोमा धन्यवाद दिनु भयो । उहाँले देशको तत्कालीन जेल जीवन तथा राजनीतिक अवस्थालाई साहित्यिक भाषामा उजागर गरिनु लेखक उप्रेतीको पुस्तकको विशेषता भएको महसुस गरेको जनाउनु भयो । साहित्यका अग्रज ७७ वर्षिय उप्रेतीमा समाजका लागि योगदान दिनुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने भावना पाएको सभामुख घिमिरेको भनाइ छ । जेल जीवन विताएर पनि समाजलाई परिवर्तन गर्न साहित्यिक क्षेत्रबाट योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो । उप्रेतीको कीर्ति जेल जीवनको मात्रै प्रकाशन नभएर समकालीन नेपाली समाज के थियो ? समाजको राजनीति कस्तो थियो ? र त्यसलाई परिवर्तन गर्ने क्रममा के भोग्नु पर्यो ? लगायतका विषय साहित्यिक ढंगबाट उजागर गरेको राम्रो पक्ष भएको टिप्पणी गर्नुभयो । १६ वर्षअघि स्थापना भएको संस्थाले अहिलेसम्म साहित्यको क्षेत्रमा राम्रो योगदान दिएको भन्दै आगामी दिनमा पनि अझ धेरै स्रष्टाहरुलाई पुरस्कृत गर्न सफल होस् भन्ने कामना गर्नुभयो ।
शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्र प्रसाद शर्माले प्रतिष्ठानलाई स्थापना कालदेखि अहिले १६ औं वर्ष प्रवेश गर्दासम्म योगदान गर्ने स्रष्टाहरुको प्रशंसा गर्नुभयो । छोरा शमी सकुशल जन्मिएको खुसियालीको दिन पारेर कला तथा साहित्यमा टेवा पुर्याउने उद्देश्यले वि.सं.२०६६ सालमा प्रतिष्ठान स्थापना गरिएको शर्माले जानकारी गराउनु भयो । निमन्त्रणा स्वीकार गरेर कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि सबैका सल्लाह–सुझाव ग्रहण गर्दै भाषा तथा साहित्य र सम्पदाको संरक्षणका लागि लड्ने प्रतिबद्धता जनाउनु भयो । शर्माको साहित्यप्रति योगदान गर्ने सोचको कार्यक्रममा सहभागी सबैले खुलेर प्रशंसा गरेका थिए ।
पुस्तक लोकार्पण र स्रष्टालाई सम्मानपछि कसले के भने ?
उप्रतीले लेख्नु भएको पुस्तकको विमोचनपछि वरिष्ठ साहित्यकार डा.देवी समीक्षा गर्नुभयो । सांस्कृतिक, राजनीतिक र साहित्यिक क्षेत्रमा उप्रेतीको विशिष्ट योगदान रहेको पुस्तकबाट प्रष्ट हुने उहाँको भनाइ छ । उप्रेतीमा पहिचान गरेर समस्याहरुको समाधान गर्न सक्ने क्षमता रहेको जनाउँदै उहाँले भन्नुभयो,‘उहाँ पढेर र परेर अनुभव सम्हालेको प्रेरक व्यक्तित्व हुनुहुन्छ ।’ २०३० साल वैशाख ५ गते जेलमा परेर केही वर्षसम्म भोगेका घटनाहरु उप्रेतीको यस कीर्तिका १३ वटा खण्डहरु पठनीय लागेको नेपालले दाबी गर्नुभयो । साहित्यकार उप्रेती अग्रज पुस्ता र अनुज पुस्तासँग बराबरी मिल्ने सक्ने व्यक्ति भएको जनाउँदै उहाँले छोटो समयको संगतबाट उहाँको अद्भूत क्षमता थाह भएको स्मरण गर्नुभयो । विभिन्न रोचक विषयको प्र्रस्तुतीले उप्रेतीको कीर्ति पठनीय भएको जनाउँदै उहाँले २०४४ सालमा पहिलो पटक एउटा नियात्रा संग्रह प्रकाशन भएदेखि ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ सम्म १८औं कीर्ति हो भन्नुभयो ।
पुरस्कार छनौट समितिका संयोजक डा.कृष्णहरि बरालले सच्चा साहित्यकारहरुलाई सरकारले चिन्न नसकिरहेको अवस्थामा प्रतिष्ठानले भने कसको साहित्यमा कस्तो योगदान छ भन्ने गहन मुल्यांकन गरेर मात्र ६ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘पुरस्कार राख्नु ठूलो कुरा होइन, सही व्यक्तित्व छनौट गर्नु महत्वपूर्ण पक्ष हो । हामीले सक्षम व्यक्ति छानेका छौं ।’
सम्मान ग्रहण गर्दै कृष्ण गौतमले साहित्यमा भाषा, संस्कृति, समाज झल्किने भएकाले अध्ययन गर्न बानी बसाल्नु पर्नेमा जोड दिनु भयो । यस्तै अर्का सम्मानित व्यक्तित्व रामप्रसाद उपाध्याय पोखरेलले नेपाली कलासाहित्य जीवित रहन सक्छ सक्दैन भन्ने बहस भइरहेका बेला प्रतिष्ठानले सम्मान गरेर अझ हौसला दिएको जनाउनु भयो । शमी साहित्य प्रतिष्ठानलाइ सम्मानका लागि धन्यवाद दिँदै कला तथा साहित्यमा अझ योगदान होस् भन्ने शुभकामना दिनु भयो । सम्मान ग्रहणपछि साहित्यकार ज्ञान उदासले मेरो घर नामक कविता वाचन गर्नु भएको थियो ।
अर्का सम्मानित व्यक्तित्व रामबाबु घिमिरेले शमी साहित्य प्रतिष्ठानले साहित्यप्रति गरेको सम्मानले आफू उत्साहित भएको प्रतिक्रिया दिनुभयो । आफूजस्तो चर्चाविहीन र कुनाकन्दरामा बसोबास गर्ने साहित्यकारलाई छनोट समितिले कसरी छनोट गरेर सम्मान पाउने व्यक्तिको रुपमा आफूलाई मूल्याङ्कन गर्यो भन्ने आश्चर्यमा परेको उहाँले जनाउनु भयो । प्राध्यापक डा. कृष्णप्रसाद दाहालले संस्थाले गरेको सम्मान प्रति धन्यवाद दिनु भयो । उहाँले यस्तो सम्मानले कलम चलाउने साहित्यकारहरुलाई अझ प्रेरणा मिल्ने भनाइ राख्नु भयो ।
![]()
नेपाल प्रज्ञान प्रतिष्ठानका पूर्वकुलपति एवम् ‘बन्दी जीवनका अत्यास लाग्दा कथाहरु’ कृतिका लेखक गङ्गाप्रसाद उप्रेतीले आफू र अन्य नेताहरु ५० वर्षअघि जेलमा बस्दा भोगेका कथाहरु पुस्तकमा समेटेको चर्चा गर्नु भएको छ । प्रजातान्त्रिक आन्दोलन गर्दा तत्कालीन सरकार पक्षले जेल हाल्दा भोगेका अनुभवमा आधारित भएकाले पुस्तक पठनीय भएको उहाँले जानकारी दिनु भयो । त्यतिबेला प्रतिपक्षको विचार राख्ने कांग्रेस र कम्युष्टिका युवाहरुलाई कतिसम्म रुखो व्यवहार गरिन्थ्यो र हत्यासम्म गरिन्थ्यो लगायतका घटनाका प्रकृतिहरु पुस्तकमा समेटेको प्रष्ट्याउनु भयो । आफ्नो १८ औं कीर्ति आफ्नो व्यक्तिगत अनुभवका आधारमा लेखेको पुस्तक भएको जनाउँदै ५० वर्ष अगाडि सरकारको विरुद्ध आवाज उठाउँदा, प्रजातन्त्रको सवालमा आवाज उठाउँदा प्रतिपक्षलाई कस्तो व्यवहार गथ्र्यो ? लगायतको विषय समेटिएको प्रष्ट पार्नुभयो । अहिले ७७ वर्ष पुगेका उप्रेतीले चाँडै नै अरु कीर्ति सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनु भएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व कुलपति वैरागी काइँलाले प्रत्येकवर्ष सम्मान तथा पुरस्कार दिने, पुस्तक प्रकाशन गरिदिने शमी प्रतिष्ठानका कार्यक्रमले नेपाली साहित्यको विकासमा थप योगदान पुर्याउने जनाउनु भयो । यस्तै उहाँले लेखक उप्रेती राजनीतिक घटनाक्रमको विश्लेषण गर्न र साहित्य लेखनमा निपुण व्यक्ति भएको भन्दै प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रमको सुरुवातमा ओम श्रेष्ठ रोदनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले सम्मानित ६ जना व्यक्तित्व स्रष्टा नभइ संस्था बनिसकेको जनाउनु भयो । सामाजिक सञ्जालमा होहल्ला गरेर केही व्यक्तिहरु वरिष्ठ साहित्यकार बन्दा सच्चा साहित्यकारहरु छायाँमा परेको उहाँको दाबी छ । कार्यक्रमको सञ्चालन कवि ठाकुर बेलबासेले गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...













