आजको राशिफल: २०८१ असोज ७ गते सोमवार
मेषः अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ।
वृषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। दिगो योजनामा हातहाल्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मिथुनः समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
कर्कटः काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदा हुनेछ।
सिंहः तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
कन्याः दिगो काम प्रारम्भ गर्ने समय छ। धार्मिक, सामाजिक तथा परोपकारी काम गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय छ, अलि मिहिनेतसाथ काम गर्नुहोला।
तुलाः उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनेछ,आहारविहारमा सजग रहनुहोला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्ने हुन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
वृश्चिकःअतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। यात्राको साइत जुर्न सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
धनुः व्यापारलगायत आर्थिक लाभ हुने काममा प्रवृत्त भइनेछ। रोकिएका कामले गति पनि लिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। स्रोतसाधन जुट्नाले समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मकरः व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
कुम्भः धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मीनःमिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। हिम्मत गर्दा काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोतसाधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











