हिज्बुल्लाहका शीर्ष नेता हाशिम सफिद्दीन सम्पर्कविहीन
काठमाडौं । हिज्बुल्लाहका शीर्ष नेता हाशिम सफिद्दीन सम्पर्कविहीन भएको खबर बाहिरिएको छ।
शुक्रवार इजरायली सेनाले सफिद्दीनलाई लक्षित गरी गरेको आक्रमण पछि उनी सम्पर्कविहीन भएको हिजबुल्ला निकट स्रोतले जनाएको छ। बेरूतको दक्षिणी उपनगरमा शुक्रवार बिहान भएको हिंसात्मक आक्रमणपछि सफिद्दीनसँगको सम्पर्क टुटेको हिजबुल्लाहले बताएको छ। सफिद्दीन हिजबुल्लाहका केही शीर्ष कमान्डरसहित बैठकमा रहेको बेला इजरायलले आक्रमण गरेको थियो।
हिजबुल्लाहका एक नेताले एएफपीसँग भने, ‘उहाँ इजरायलले आक्रमणको निशाना बनाएको स्थलमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो र उहाँसँग अन्य को को थिए हामीलाई थाहा छैन।’ हिजबुल्लाहनिकट अन्य स्रोतले पनि सफिदीनसँग सम्पर्क टुटेको र उनी छन् भन्नेबारे थाहा नभएको पुष्टि गरेको छ।
दुवै स्रोतले संवेदनशील विषयमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेका छन्। ‘लक्षित भूमिगत मुख्यालयमा पुग्ने प्रयास गरिरहेको छ, तर हरेक पटक इजरायलले उद्धार प्रयासलाई रोक्न फेरि आक्रमण गर्न थाल्छ,’ उक्त स्रोतले भनेको छ।
सफिद्दीन हज मुर्तदा भनिने हिजबुल्लाहको गुप्तचर प्रमुखसँग रहेको हिजबुल्लाह समूहले बताएको छ। हिजबुल्लाहनिकट स्रोतका अनुसार इजरायलले समूहको दक्षिणी बेरुत गढमा लगातार ११ वटा आक्रमण गरेको छ, जुन गत साता इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्र बनाए यताको सबैभन्दा शक्तिशाली आक्रमण हो।
एएफपीको फुटेजमा आक्रमण भएको स्थानबाट आगोको ज्वाला र बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ। इजरायली सेनाले बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ।
इजरायली सेनाले दक्षिण बेरुतमा रहेको हिज्बुल्लाहको मुख्यालयमा भएको हवाई आक्रमणमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको बताएको एक हप्तापछि उक्त आक्रमण भएको हो।
Comments
अरु समाचार
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...












