सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।
काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभएको छ । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उहाँको भनाइ छ ।
दशैँको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैँको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक रविन कार्कीले आग्रह गर्नुभएको छ ।
यसैबीच यातायात व्यवसायीहरूले सर्वसाधारणलाई टिकट छैन भन्दै फर्काएर चर्को मूल्यमा गाडी रिजर्भमा चलाइरहेको गुनासो बढेको छ । टिकट काट्दा सरकारले तोकेकै भाउमा काट्नुपर्ने बाध्यताबाट उम्किनका लागि व्यवसायीहरूले यात्रुलाई चर्को मूल्यमा गाडी रिजर्भ गर्न बाध्य बनाएको पाइएको छ ।
काठमाण्डौमा नयाँ बसपार्कबाट अहिले देशका धेरै ठाउँमा जाने टिकट पाइँदैन । तर व्यवसायी र बिचौलियाले ‘रिजर्भमा जाने हो’ भन्दै यात्रुलाई सोधिरहेको देखिन्छ । कतिपय सर्वसाधारणले दोब्बर महँगो भाडा तिर्दा पनि टिकट नपाएको तर तीन गुणा धेरै भाडा लाग्ने गरी रिजर्भ गर्दा भने गाडी उपलब्ध भएको बताएका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











