सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन
काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको प्रजिअ तिवारीले बताए । बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो । दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ । चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।
जेटबोट सञ्चालनमा आएपछि यात्रुलाई भोजपुरको हतुवागढीसम्म यात्रा गर्न थप सहज हुन्छ । यस्ता यात्रुको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको छ ।
Comments
अरु समाचार
-
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
महेन्द्रनगर दसैँ बजारमा तीन करोडको कारोबार
काठमाडौं । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।...
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका...
-
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।...
-
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।...
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...
-
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार...
-
छतमा यात्रु राख्नेलाई २० हजारसम्म जरिवाना
मलेखु। जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ।...