सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार मंगलबार भने २७.३९ अंक (१.०१ प्रतिशत) ले गिरावट भएर २६६३.३२ को बिन्दुमा बन्द भएको हो ।
बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ । ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।
मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ ।
मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रि–इन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
यस्तै ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ । मंगलबार कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको हो ।
यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.५० प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ७.२४ प्रतिशत, नेपाल फाइनान्सको ६.९८ प्रतिशत, बोटलर्स नेपाल तराईको ५.८८ प्रतिशत र कालिञ्चोक दर्शनको सेयर मूल्य ५।५ प्रतिशतले गिरावट भएको हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











