ताजा समाचार

इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए । गोलाबारीमा सात जनाको ज्यान गएको र देइर अल–बालाहको अल–अक्सा अस्पतालमा लगिएको मेडिकल स्रोतले बताएको छ ।

साथै, इजरायली गोलाबारीले नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय घरमा आक्रमण गर्दा एकै परिवारका आठ सदस्यको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।

यसैबीच, गाजाको सिभिल डिफेन्स अथोरिटीले आफ्नो टोलीले जबलियाको फालुजा क्षेत्रमा घरहरूमा फसेका तीनवटा शव र अन्य सात जनालाई बाहिर निकालेको बताएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतवार आफ्नो सेनाले गाजा स्ट्रिपमा विगत २४ घण्टामा करिब ४० वटा लक्ष्यमा आक्रमण गरेको र दर्जनौं आतङ्ककारीलाई मारेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org