सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।
उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। उनले भने, “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ ।”
गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोर्डाँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए ।
उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए । उनले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पु¥याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे ।
बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी व्यहोर्नु परेको बताए ।
ृउनले भने, “गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ ।”
गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताए । उनले भने, “किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ ।”
Comments
अरु समाचार
-
महेन्द्र राजमार्गमा दुई करोड ७२ लाख लागतमा चार्जिङ स्टेशन निर्माण
काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको...
-
नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
काठमाडौं । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ...
-
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
काठमाडौं । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि...
-
हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए
हेटौँडा। हेटौँडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान हराएपछि...
-
बीबीसी प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
गण्डकीः पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक...
-
‘बैंकको स्टाफ हुँ’ भन्दै ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन प्रभु बैंकको सेवाग्राहीलाई आग्रह
काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय ठगीबाट बच्न सबैमा आग्रह गरेको छ । उक्त बैंकले एक सूचना प्रकाशित गर्दै पछिल्लो...
-
नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई...
-
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना(सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्...
-
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
काठमाडौं । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत्...