राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन् ।
रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबीच भेटवार्ता हुने भएका छन् । क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कटबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।
गुटेरेसले युक्रेनविरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउदै आएका छन् । गुटेरेस सन् २०२२ मा कियभलाई आफ्नो बन्दरगाहबाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देशबीचको शान्ति प्रयासमा संलग्न भएका थिए । त्यसबेलादेखि दुई पक्षबीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ ।
युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ । पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गरेको छ जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्विकार गरेको छ ।
गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने“ बैठकको उदेश्य रहेको बताए।
गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधीको संसारमा कुनै स्थान नभएको बताए । त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












