युक्रेनमा उत्तर कोरियाको संलग्नताले क्षेत्रीय सुरक्षा जोखिम बढाउँछ : विश्लेषक
मस्काे । युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि एसिया, युरोप र अन्यत्रको सुरक्षा चासोमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्। रूसी नेता भ्लादिमिर पुटिनले पश्चिमा विरोधी गठबन्धन निर्माण गर्ने आफ्नो प्रयासलाई अघि बढाइरहेका बेला मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सम्बन्ध वासिङ्टन र ब्रसेल्सका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।
उत्तर कोरियाली विज्ञ तथा सियोलस्थित पूर्व फ्रान्सेली कूटनीतिज्ञ पास्कल डेयेज–बर्गनले भन्नुभयो, “द्वन्द्व अन्तर्राष्ट्रिय बन्दै गएको छ ।” युद्धको सम्भावित विस्तारको जोखिमबारे पश्चिमाहरूको चिन्ता आफूले बुझेको उहाँले बताउनुभयो ।
उहाँले युक्रेन युद्ध अहिले तेस्रो वर्षमा प्रवेश गरेपनि विश्वव्यापी सुरक्षा संरचनामा तत्काल कुनै पनि खतराबारे कम महत्व दिनु नहुने बताउनुभयो ।
“वास्तवमा, उत्तर कोरियाले तनाव बढाउने खतरा प्रस्तुत गरेको मैले देख्दिन,” उहाँले उत्तर कोरियाली सरकारलाई ‘सानो तानाशाही’ शासनको संज्ञा दिँदै भन्नुभयो । शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले उत्तर कोरियाली सेनालाई आफ्नो देशविरुद्धको लडाइँमा पठाउने योजना बनाइरहेको बताउनुभएको थियो । उत्तर कोरियाले रूसलाई सहयोग गर्न १० हजार सैनिकलाई तालिम दिइरहेको उहाँले दाबी गर्नुभएको छ ।
दक्षिण कोरिया, नेटो र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका हजारौं सैनिकले रूसमा प्रशिक्षण लिइसकेको दाबी गरेका छन् । बिहीबार रूसी सांसदहरूले उत्तर कोरियासँगको सम्झौतालाई अनुमोदन गर्ने पक्षमा सर्वसम्मतिले मतदान गरेका थिए, जसमा कुनै पनि पक्षले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहयोग’ को सहमति गरिएको थियो। उत्तर कोरियाले सेना तैनाथ गरेमा चुप लागेर नबस्ने दक्षिण कोरियाले चेतावनी दिएको छ ।
वैदेशिक सम्बन्धबारे युरोपेली परिषद् (ईसीएफआर) का मेरी डुमौलिनले भन्नुभयो, “हामी अहिले रूस र युक्रेनबीच होइन, रूस, उत्तर कोरिया र युक्रेनबीचको द्वन्द्वमा छौं ।”तर विश्लेषकहरुले युक्रेनविरुद्ध रूसको युद्धमा उत्तर कोरियाली सेनालाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट नभएको र उत्तर कोरियाली सेनासँग युद्धको अनुभव नभएको बताएका छन् ।डुमौलिनले भन्नुभयो, “मेरो विचारमा केही हजार उत्तर कोरियाली सेना पठाउँदा मात्रै युद्धमा निकै प्रभाब पर्नेछ भन्ने मलाई लाग्दैन । उनीहरूको प्रशिक्षणको स्तर हामीलाई थाहा छैन, परिचालनको हिसाबले उत्तर कोरियाको सेनाको युद्धभूमिमा उपस्थितिले सामान्य मनोवैज्ञानिक फरक पार्नसक्छ।
फ्रान्सस्थित फाउन्डेसन अफ स्ट्राटेजिक रिसर्चकी इसाबेल फेकोनले भन्नुभयो, “१० हजार सैनिक कुनै पनि हालतमा धेरै होइन।
रूसको उत्तर कोरियासँग सम्बन्धको लामो इतिहास छ। सन् २०२२ मा युक्रेनमाथि आक्रमण भएयता मस्को र उत्तर कोरिया नजिकिएका छन् र सियोल र वासिङ्टनले उत्तर कोरियाले द्वन्द्वमा प्रयोगका लागि हतियार पठाउँदै आएको दाबी गरेका छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












