युक्रेनमा उत्तर कोरियाको संलग्नताले क्षेत्रीय सुरक्षा जोखिम बढाउँछ : विश्लेषक
मस्काे । युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि एसिया, युरोप र अन्यत्रको सुरक्षा चासोमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्। रूसी नेता भ्लादिमिर पुटिनले पश्चिमा विरोधी गठबन्धन निर्माण गर्ने आफ्नो प्रयासलाई अघि बढाइरहेका बेला मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सम्बन्ध वासिङ्टन र ब्रसेल्सका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।
उत्तर कोरियाली विज्ञ तथा सियोलस्थित पूर्व फ्रान्सेली कूटनीतिज्ञ पास्कल डेयेज–बर्गनले भन्नुभयो, “द्वन्द्व अन्तर्राष्ट्रिय बन्दै गएको छ ।” युद्धको सम्भावित विस्तारको जोखिमबारे पश्चिमाहरूको चिन्ता आफूले बुझेको उहाँले बताउनुभयो ।
उहाँले युक्रेन युद्ध अहिले तेस्रो वर्षमा प्रवेश गरेपनि विश्वव्यापी सुरक्षा संरचनामा तत्काल कुनै पनि खतराबारे कम महत्व दिनु नहुने बताउनुभयो ।
“वास्तवमा, उत्तर कोरियाले तनाव बढाउने खतरा प्रस्तुत गरेको मैले देख्दिन,” उहाँले उत्तर कोरियाली सरकारलाई ‘सानो तानाशाही’ शासनको संज्ञा दिँदै भन्नुभयो । शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले उत्तर कोरियाली सेनालाई आफ्नो देशविरुद्धको लडाइँमा पठाउने योजना बनाइरहेको बताउनुभएको थियो । उत्तर कोरियाले रूसलाई सहयोग गर्न १० हजार सैनिकलाई तालिम दिइरहेको उहाँले दाबी गर्नुभएको छ ।
दक्षिण कोरिया, नेटो र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका हजारौं सैनिकले रूसमा प्रशिक्षण लिइसकेको दाबी गरेका छन् । बिहीबार रूसी सांसदहरूले उत्तर कोरियासँगको सम्झौतालाई अनुमोदन गर्ने पक्षमा सर्वसम्मतिले मतदान गरेका थिए, जसमा कुनै पनि पक्षले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहयोग’ को सहमति गरिएको थियो। उत्तर कोरियाले सेना तैनाथ गरेमा चुप लागेर नबस्ने दक्षिण कोरियाले चेतावनी दिएको छ ।
वैदेशिक सम्बन्धबारे युरोपेली परिषद् (ईसीएफआर) का मेरी डुमौलिनले भन्नुभयो, “हामी अहिले रूस र युक्रेनबीच होइन, रूस, उत्तर कोरिया र युक्रेनबीचको द्वन्द्वमा छौं ।”तर विश्लेषकहरुले युक्रेनविरुद्ध रूसको युद्धमा उत्तर कोरियाली सेनालाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट नभएको र उत्तर कोरियाली सेनासँग युद्धको अनुभव नभएको बताएका छन् ।डुमौलिनले भन्नुभयो, “मेरो विचारमा केही हजार उत्तर कोरियाली सेना पठाउँदा मात्रै युद्धमा निकै प्रभाब पर्नेछ भन्ने मलाई लाग्दैन । उनीहरूको प्रशिक्षणको स्तर हामीलाई थाहा छैन, परिचालनको हिसाबले उत्तर कोरियाको सेनाको युद्धभूमिमा उपस्थितिले सामान्य मनोवैज्ञानिक फरक पार्नसक्छ।
फ्रान्सस्थित फाउन्डेसन अफ स्ट्राटेजिक रिसर्चकी इसाबेल फेकोनले भन्नुभयो, “१० हजार सैनिक कुनै पनि हालतमा धेरै होइन।
रूसको उत्तर कोरियासँग सम्बन्धको लामो इतिहास छ। सन् २०२२ मा युक्रेनमाथि आक्रमण भएयता मस्को र उत्तर कोरिया नजिकिएका छन् र सियोल र वासिङ्टनले उत्तर कोरियाले द्वन्द्वमा प्रयोगका लागि हतियार पठाउँदै आएको दाबी गरेका छन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











