साफ च्याम्पियनसिप : आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । सेमिफाईनलमा आज बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
समुहचरणमा विगतको भन्दा उत्कृष्ट प्रर्दशन गरेको भुटानले बंगलादेश तथा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्दैछ । विगतमा छ पटक आम्नेसम्ने भएका नेपाल भारत मध्ये भारतले पाँच तथा नेपालले एक खेल मात्र जितेको छ ।
गत संस्करणको सेमिफाईनलमा भारतलाई १–० गोल अन्तरले पराजित गरेर फाईनल यात्रा तय गरेको नेपालले यस संस्करणमा त्यसलाई दोहोर्याउने मनस्थीतिमा छ ।
तुलनात्मक रुपमा बलियो मानिएको भारत नेपाललाई हराउँदै फाइनल यात्रा तय गर्न चाहान्छ । घरेलु मैदान र घरेलु सर्मथकको फाईदा उठाउँदै नेपाल फाईनल यात्रा तय गर्ने तरखरमा छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












